Breaking

चुनाव जित्नेमा रवि ढुक्क, सीके भन्छन् ठुला दल नै लखट्न लागि परे


काठमाडौँ —लामो समयदेखि राज गरिरहेका ठूला दलहरुको विकल्पमा नयाँ राजनीतिक शक्तिहरु प्टक पटक उदाउन खोजेका छन् । तर विकल्पमा उदाएका भनिएका शक्तिहरु व्यवस्थित र भरपर्दाे बन्न सकिरहेका छैनन् । जस्ले आम जनताले नयाँ शक्तिहरुलाई विकल्पका रुपमा विश्वास गर्न सकिरहेका छैनन् । ठूला दलहरुको सत्ता स्वार्थ राजनीतिबाट आजितबनेका जनतलो विकल्पको खोजी गरिरहेका छन् भन्ने सन्देश गएको स्थानीय र संघको चुनावमा दिइसकेका छन् । स्थानीय तह निर्वाचनमा गाउँ, नगर हुँदै महानगरको नेतृत्वमा स्वतन्त्रलाई सुम्पिदा संघमा पनि विकल्प भनेर आएका राजनीतिक दलमाथि भरोसा राखेको प्रष्ट छ ।

ठूला दलहरुको दलदलमा पिल्सिएको अहिलेको अवस्थामा बैकल्पिक शक्तिका रुपमा दलहरु च्याउ सरी उम्रिएका छन् ।ठूला दललाई चुनौती दिँदै विकल्पको राजनीति सुरु गएको राष्ट्रिय स्वतन्त्र पार्टीले ६ महिनामा नै सदनमा राष्ट्रिय दलसहित अस्तित्व बनाउन सफल भयो । रउस्ले बैकल्पिक शक्तिहरुको प्रमुख दलको रुपमा आफूलाई उभ्याउन सफल भएको छ । भलैएक महिनामा नै सत्ता बहिर्गमनपछि यो दल राजनीतिक दलदलमा फसेको चिन्ता प्रकट भइरहेका छन् । पार्टीको नेतृत्व नै कानुनी कसुरमा तल परेपछि वैकल्पीक शक्ति प्रति मतदाताको भरोसाा डगमगाउने हो की भन्ने भय समेत सुरु भएको छ ।

रास्वपासहित अरु आधा दर्जन नयाँ दलहरुगएको पाँच वर्षमा उदाए । तर कतिपय छिन्न भिन्न भएर अस्तित्व नै धरापमा पुगेको छ भनेकतिपय सत्ता स्वार्थमा मैमत्त हुने खोजेका छन् । चाहे नागरिक उन्मुक्ति पार्टी होस, जाहे जनमत पार्टी । यी दलहरु समेत विवेकशिल साझाकै अवस्थामा पुग्ने चिन्ता कायम छ । यद्यपी वैकल्पिक शक्तिको उदयले परम्परगत पार्टीलाई केही धक्का लागे पनि कम्पन नै ल्याउन भने समय लाग्ने उनीहरुको बुझाई छ ।

पछिल्लो पुस्तामा विकल्पको बीज छरेको विवेकशील साझा पनि नयाँ जोशका साथ अघि बढेको छ । रविन्द्र मिश्रले धर्मराउँदै गुडाइरहेको पार्टीलाई बीचैमा छोडेर राप्रपामा आश्रय लिन पुगेपछि विवेकशिलको जीवन शिथिल बनेको थियो । तथापी भर्खरै सम्पन्न महाधिवेशनबाट पार्टी जिवन्त छ भन्ने सन्देश दिएको छ । अधिवेशनको मञ्चमा नै मिश्रलाई इंगित गर्दै परिवर्तन छोड्नेलाई यो झापड भएको तर्क गर्दै एक पटक लडिसकेको विवेकशील साझा पुन उठ्ने नवनिर्वाचित अध्यक्ष समीक्षा बास्कोटाले उद्घोष गरिन् ।

बालेन्द्र साह, हर्क सम्पाङ राई जस्ता स्वतन्त्रबाट उदाएकाहरु समेत वैकल्पिक धारको खोजीको गृहकार्य गरिरहको बुझिन्छ । देशको राजनीतिक इतिहास हेर्ने हो भने विभिन्न कालखण्डमा धेरै विकल्पहरुको उदय भएका छन् । तर राणाकालिन शासन पछि प्रजातन्त्र, र गणतन्त्रसम्म आइपुग्दा उदाएका बैकलिप्क शक्तिहरुले जनताको मर्म र भावना अनुसार जिम्मेवारी पूरा गर्न नसक्दा जनता अझै पनि विकल्पकै खोजीमा छन् । त्यसैलेहाल देखिएका वैकल्पीक शक्तिहरुज्नताको नजरमा सक्षम की असक्षम हुने त्यो परिक्षण गरिरहेका छन् ।