Breaking

नामिबियामाथि नेपालक‍ो जित


काठमााडौँ — आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियालाई नेपालले २ विकेटले पराजित गरेको छ । नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ४७.४ ओभरमा पूरा गरेको हो । जितसँगै नेपालले अहिलेसम्मकै ठूलो लक्ष्य पार गर्न सफल भयो। यसअघि नेपालले युएईले दिएको २५५ रनको लक्ष्य पार गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले सतकीय पारी खेले । ११२ बल खेलेका उनले ४ छक्का र १० चौकासहित ११५ रन बनाए । कुशल जितको लागि तीन रन आवश्यक हुँदा कभरमा क्याच आउट भएका थिए। करण केसी १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे ।

सोमपाल कामीले विजयी चौका प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाए। उनले ७२ रनको जोड्ने क्रममा ७६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । नेपालका ओपनर आसिफ शेख शून्य रनमा आउट गर्दा ज्ञानेन्द्र मल्लले २५ रन बनाए । दीपेन्द्रसिंह ऐरी भने ७ रनमै आउट भए । सन्दीप जोराले २४ बलमा २८ रन जोडे । करण केसीले नटआउट २० रन बनाए । बलिङमा नामिबियाका ट्रम्पलम्यानले ३ विकेट लिए। उनले १० ओभरमा ४८ रन दिए। निकोल इटनले पनि ३ विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया २८५ रनमा अलआउट भयो । नामिबियाका लागिद भान लिङ्गेनले शतक प्रहार गरे । उनले १३३ रन जोडे ।

१३७ बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गरे । ओपनरद्वय लोहान लाउरेन्स ५ रन र कार्ल बिरकेनस्टक १३ रनमा आउट भए । कप्तान गेरार्ड इरासमसले ५६ रनक‍ो योगदान गरे। उनले भान लिङ्गेनसँग तेस्रो विकेटका लागि १६४ रनको साझेदारी गरे । यस्तै निकोल इटन ८ रनमा आउट भए भने जान फ्राइलिनलाई करण केसीले १३ रनमा बोल्ड भए । जेन ग्रिन ३४ रन जोडेर आउट भए । बलिङमा नेपालका करण केसीले ५ विकेट लिए। करणले १० ओभरमा ६१ रन खर्चिए । सन्दीप लामिछानेले ३ विकेट लिदा स‍ोमपाल कामी र कुशल मल्लले १-१ विकेट लिए । लिग-२ मा सहभागी ७ टिममध्ये नेपाल छैटौं स्थानमा छ। शीर्ष तीनभित्र परे नेपाल एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ भने शीर्ष तीन भित्र पर्न नसके प्लेअफ खेल्नुपर्नेछ । सात टिममध्ये शीर्ष स्थानको स्कटल्यान्ड ग्लोबल छनोटमा पुगिसकेको छ भने अमेरिका र पपुवा न्युगिनी शीर्ष तीनभित्र नपर्ने पक्का भइसकेको छ। अमेरिका र पपुवा न्युगिनीले अफ प्लेअफ छनोट खेल्नु पर्नेछ ।

सात टिममध्ये शीर्ष स्थानको स्कटल्यान्ड ग्लोबल छनोटमा पुगिसकेको छ भने अमेरिका र पपुवा न्युगिनी शीर्ष तीनभित्र नपर्ने पक्का भइसकेको छ। अमेरिका र पपुवा न्युगिनीले अफ प्लेअफ छनोट खेल्नु पर्नेछ । लिगमा ३२ खेल खेलेको स्कटल्यान्ड ४६ अंकसहित शीर्ष स्थानमा छ। आफ्ना सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा रहदा नामिबिया ३१ खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । सबै ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ । पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। नेपाल २५ खेलबाट २० अंक जोडेर छैटौं स्थानमा छ। अन्तिम स्थानको पपुवा न्युगिनीको २८ खेलबाट ५ अंक छ ।