देश

कोका–कोला नेपालले ल्यायो नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ चाज्र्डसँग गेट चाज्ड


काठमाडौँ — कोका–कोला नेपालले चाज्र्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । सोमबार एलओडिमा (लर्ड अफ द ड्रिंक्स) कम्पनीका प्रतिनिधिहरु, संचारकर्मीहरु र इन्फ्लुएन्सर्सहरुको उपस्थितिमा यस नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरिएको हो । यो नयाँँ पेय पदार्थले उपभोक्ताहरुलाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजीजिङ प्रदान गर्दछ । चाज्र्डको लन्चसँगै कोका–कोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँँ स्वाद थपिएको छ–बेरी बोल्ट । उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चाज्र्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “नेपाली युवाहरुका आफ्नै महत्तवाकांक्षाहरु छन् र उनीहरुलाई आफ्नो आकांक्षा पुरा गर्नको लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देश सहित हामीले यो नयाँँ पेय पदार्थ चाज्र्ड बजारमा ल्याएका छौँ । यसमा भएको बेरी बोल्टको स्वादले युवाहरुलाई नयाँँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्छ । त्यस्तै बोतलर्स नेपालका म्यानेजिङ डिरेक्टर दिपक सेन्ठिल नाथले भने, “आफ्ना उपभोक्ताहरुलाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोका–कोला नेपाल एक टोटलबेभरेज कम्पनीबन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको छ ।

चाज्र्डको लन्चले हाम्रो उत्पादन पोर्ट फोलियोलाई विस्तार मात्र गरेको छैन नेपाली युवाहरुको रोजाइ र तिनीहरुको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका–कोलाको प्रयासलाई पनि देखाएको छ ।” चाज्र्डको लन्चक्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटिटिलगायत अन्य डिजिटल माध्यमहमा पनि टिभिसि देखाउनुको साथै विभिन्न कलेजहरुमा कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन् । युवाहरुलाई सकृय रहन र आफ्नो उद्धेश्य प्राप्ति गर्नको लागि हरदम सकृय रहनुपर्छ भन्ने सन्देश बोकेको यस कमर्सियल माबिएमएक्स बाइक स्टन्ट र ग्राफिटिहरु पनि देखाइएको छ ।