विदेश

टर्की भूकम्पः मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो


काठमाडौँ — गत सोमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३७ हजार नाघेको छ । भग्नावशेषमा च्यापिएका मानिसहरूहरुको शव धमाधम फेला परेकाले मृतकको संख्या दैनिक रूपमा बढ्दै गएको हो । यद्दपी जीवित्तै उद्धार गर्ने सम्भावना भने टर्दै गएको उद्धारकमीहरुले बताएका छन ।

यसैबीच संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमुनि पुरिएका केही व्यक्तिलाई उद्दार गर्नुको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित हुने जनाएको छ । संयुक्त यसैबीच टर्की सरकारले भवन निर्माणमा लापरबाही गरेको र सुरक्षा नियमलाई वेवास्ता गरेको आरोपमा हालसम्म १ सय १३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जानकारी दिएको छ । भूकम्प प्रभावित क्षेत्रहरुका वासीन्दालाई विदेशी दातृ निकायबाट प्राप्त सहयोग वितरणको काम पनि थालिएकाले भूकम्प पीडितहरुलाई राहत मिलेको छ । एजेन्सी