Breaking

६ महिनापछि फर्किए सन्दीप मैदानमा


काठमाडौँ – आइसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल र नामिबियाबीचको खेल जारी छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले ३४ ओभरको समाप्तीमा २ विकेट गुमाएर १४६ रन बनाएर खेलिरहेको छ ।

खेलमा नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए । लामिछाने ६ महिनापछि खेलमा फर्किएका हुन् । खेलको सुरुवातमा विकेट लिएपछि लामिछाने मैदानमै केहीबेर भावुक भएका थिए । उनी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत थिए ।

टी–२० खेल खेल्न केन्या गएको बेलामा बलात्कार आरोप लागेका लामिछानेविरुद्ध काठमाडौँको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो ।

९९ दिन जेलमा बसेर पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका सन्दीपलाई बिहीबार बन्द प्रशिक्षणमा बोलाइएको थियो ।

त्यसपछि आजबाट सुरु भएको त्रिदेशीय सिरिजबाट उनी खेलमा फर्किएका हुन् ।