Breaking

कोटेश्वरमा माधव र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता


काठमाडौँ – भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाललाई भेट्न विदेश सचिव क्वात्रा निजी निवास कोटेश्वर पुगेका सिथए ।

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । हिजो बिहान काठमाडौँ आइपुगेका क्वात्राले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।