Breaking

सरकारसँगको वार्तापछि यातायात मजदुरको आन्दोलन फिर्ता


काठमाडौँ – यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । यातायात मजदुर व्यवसायीका नेताहरूसँग मंगलबार बिहान सिंहदरबारमा भएको वातापछि आन्दोलन स्थगित गरिएको हो ।

मंगलबार बिहान भएको वार्तापछि तत्काल आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका हुन् ।

यसअघि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजगत्वमा बनेको कार्यदलमा मजदुर संघका सदस्यहरु थपिएको छ ।