Breaking

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु


काठमाडौँ – नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) को महाधिवेशन आजबाट सुरु हुँदैछ ।

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजदेखि बुधबारसम्म काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन सत्र आज सुरु हुने भएको हो । महाधिवेशनको आज प्रज्ञा भवन कमलादीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ महाधिवेशन हुन लागेको हो ।

राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको यसअघि पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो । ७ वर्षपछि हुन लागेको यो महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरिने बताइएको छ ।

यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता भएपछि हुनसकेको थिएन ।भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।