Breaking

यातायात मजदुर र सरकारबीच आज वार्ता हुँदै


काठमाडौँ – आन्दोलनरत यातायात मजदुर र व्यवसायीसँग सरकारले आज वार्ता गर्दै छ ।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजीश्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई मंगलबार बिहान ८ः३० बजे वार्ताका लागि मन्त्रालयमा बोलाएका छन् ।

सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको जनाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सि गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मिलित कार्यदल आइतबार नै गठन भएको र कार्यदलले आफ्नो काम अगाडि बढाइसकेकोसमेत हो ।

कानुनविपरीत बढाइएको भनिएको जरिवाना शुल्क घटाउन मागसहित आन्दोलित यातायात मजदुरहरुले आन्दोलन गरेका हुन्।

आन्दोलका कारण सोमबार दिनभर काठमाडौँको बालाजु क्षेत्र तनावग्रस्त भएको थियो । आन्दोलनकारीले नेपाल प्रहरीको बालाजु बृत्तले प्रयोग गर्दै आएको भ्यानमा आगजनी गरेका थिए भने नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्ध गरेका थिए ।