Breaking

जनयुद्ध दिवस नै विवादमा, प्रचण्ड महिमा गानमा, कालो दिन भन्दै मानव अधिकारवादी सडकमा


काठमाडौँ — सरकारले आज ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएपछि विभिन्न कोणबाट यसको टिकाटिप्पणी भईरहेको छ । स्वयम् सत्ता साझेदार दलहरू नै सरकारको यो निर्णयमा असन्तुष्ट छन भने केहिले त कालो दिनकै रुपमा समेत मनाएका छन् । यहि पेरिफेरिमा माओवादीले अंगालेको युद्धको उपलब्धीलाई १ दिने विदा समेट्ने वाहेक अन्य काम हुन नसकेको तर्कसमेत हुने गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट आफैँले ठाडो प्रस्ताव लगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसमा बिदा दिने निर्णय गराए । देशमा विदा धेरै भएको भन्दै पुनारवलोनक हुनुपर्ने बताएको केहि दिनमै आफ्नै भनाईलाई माथ खुवाउने गरि भएको निर्णयमा स्वयम सत्ताघटक दलहरु पनि सहमत थिएनन् ।

जनयुद्ध केवल हिसांत्मक कार्य भएको भन्दै एक पक्षले यसलाई कालो दिनकै रुपमा मनाउदा माओवादी पक्षले भने यसैको जगमा वर्तमान व्यवस्था आएको भन्दै गौरव हुनुपर्ने तर्क गरेको छ । जसमा सबैभन्दा ठूलो सत्ता साझेदार दल एमाले पनि सरकारको निर्णयप्रति बेखुस देखिएको छ । आज एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारको निर्णयमा घुमाउरो असहमति जनाएका छन् । ४६ सालपछिका सबैखाले जनसंघर्षको उच्चतम उपलब्धि गणतन्त्रको स्थापना भएको उल्लेख गरेका पोखेरलले केवल जनयुद्धलाई यसको उपलब्धीको जस दिने नहुने आशय व्यक्त गरेका छन ।

जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् ।२८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तन प्रेमी नेपालीहरूको साझा दिवसका रूपमा रहेको बताएका छन भने जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र संस्थागत भएको बताएका छन । त्यस्तै यस निर्णयमा खुसी देखिएका माओवादी नेताहरु भने यसलाई गौरवको रुपमा समेत अथ्र्याएका छन् ।

तर एकदिने विदामा रमाएको माओवादी नेतृत्वले जनयुद्धको उपलब्धी भनेका विषयलाई नै आफ्नो उपलब्धी बनाउन सकेको छैन । अहिले पनि शशस्त्र युद्धका क्रममा घाईते भएकाहरुले उपचार पाउने अवस्था छैन भने उनीहरु राजनीतिक दाउपेचको साधनमात्रै बनेका छन् । उपचारका लागि सडक आन्दोलन गर्ने अवस्था पूर्व लडाकु रहदाँ प्रचण्ड भने परिवारवादमा रमाइरहेका छन् ।बारम्बार माओवादी नै सत्तामा पुग्दा पनि द्धन्द्धकालिन मुद्धाहरुले किनारा पाउन सकेका छैनन् । जसले पलपल युद्धपिडितहरुलाई अन्यायको महसुस गराउँदा प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न सकेको छैन ।

जहाँ वर्तमान व्यवस्थाविरोधीकै काधमा चढेर सत्ता यात्रा गनुपर्ने हैसियतमा रहेको माओवादीले आफ्नो उपलब्धी भनेकै धर्मनिरपेक्षता र संघियता पनि प्रश्न रहित बन्न सकेको छैन । माओवादीको शान्तीपूर्ण राजनितिमा भएको अवतरण र नेताहरुमा देखिएको स्खलनले त्यो युद्ध केवल शशस्त्र द्धन्द्ध र केहि नेताहरुको सत्ता यात्राको भर्याङमात्र भएको आरोपलाई चिर्न सकेको छैन । फलत ः युद्धका कमाण्डर र प्रचण्डका सहचारी नै अहिले माओवादी छोडेर अर्को बाटो लाग्दा पार्टी नाम नै फेरेर रि ब्रान्डिङ गनुपर्ने अवस्था पुगेको छ ।

यसैले सिर्जित निराशाको परिणाम आजको दिनलाई कालो दिनकै रुपमा मनाउने समेत सडकमा देखा परेका छन । हुन त शशस्त्र युद्धलाई राजनीतिक प्रयोग गरुन्जेल जनयुद्ध भन्न कुनै दल पछि परेका छैनन् भने माओवादी यसैमा आफू बच्ने बहाना खोजिरहेको छ । जहाँ लाजै पचाएर राप्रपा समेत यसैको ओतमा छ । अहिले पनि सत्य निरूपण तथा मेलमिलाप आयोगले न त बेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पीडकको नाम नै सार्वजनिक गरेको छ । जसका लागि माओवादीलाई दवाव दिन अरु दलले पनि सकेका छैनन् । यहि स्वार्थको राजनीतिक भूमरीमा परेको जनयुद्ध माहिमा गान र वद्नामीको चक्रमा एकदिने विदा थपिएको छ ।