Breaking

सात दलका सात मुख, प्रचण्ड–ओली भिडाउँदै देउवा, लिङ्देन र रविले कसरी जोगाउलान् गठबन्धन


काठमााडौँ — सभामुखको निर्वाचनसम्म ऐक्यबद्ध देखिएको सत्ता गठबन्धनभित्र दिन प्रतिदिन बिमेल बढ्दै गएको छ । अन्योलता नै अन्योलता छाएको गठबन्धनराष्ट्रपतिको निर्वाचनसम्म टिक्नेमा नै आशंक हुन थालेको छ । राष्ट्रपतिको मुद्धालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुरी बढ्दै गएको यथार्थबाट कोही अनविज्ञ छैनन् । जसले गर्दा यी दुई नेतृत्वलाईसाझा कार्यक्रमभन्दा पनि आ–आफ्नै एजेण्ड प्यारो हुँदै गएको छ । सत्ता गठबन्धनका यी दुई ठूला दल मात्रै होइन अन्य साना दलहरु पनि अहिले आ आफ्नै सुरमा हिड्न थालेका छन् ।

गठबन्धनमा सबै भन्दा ठूलो दल नेकपा एमाले पुस १० गते भएको सहमति अक्षरस पालना गर्नु पर्ने जोडमा छ । राष्ट्रिपति आफ्नै पार्टीको हुनु पर्ने एजेण्डामा अडिक एमाले राष्टिय सहमतिको नाममा अहिले आएर बोली फेर्न नमिल्ने तर्क गर्छ । सहमति तोडेर कसरी सहकार्य हुन्छ भन्ने प्रश्न एमालेको छ । यता संयन्त्रभित्र वैचारिक बिमेल बुझेका प्रधानमन्त्री प्रचण्डलाई ओली भन्दा माधव र उपेन्द्र नै प्यारो बन्दै गएको छ । माओवादीले समाजवादी पार्टीहरुसँगको एकता प्रक्रियमा जोड दिइरहँदा एमालेसँगको तिक्तता बढ्ने देखिन्छ । राष्ट्रिय सहमतिको रटान कसेको माओवादी देशको परिस्थिति अनुसार एजेण्डा जहिले पनि परिवर्त हुने तर्क गर्छन् । राष्टिय सहमतिमा एमाले पनि पर्न सक्ने हुँदा आपत्ति मान्नु पर्ने कुनै कारण नरहेको माओवादीको बुझाई छ ।

ठूला दल मात्रै होइन सत्ता गठबन्धनभित्रका अन्य साना दलहरु पनि यो समीकरणबाट सन्तुष्ट छैनन् ।भागबण्डा नमिलेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिसकेको छ । जनता समाजवादी पार्टीले माग पुरा नभएकै कारण पाएको मन्त्रालय पनि बहिष्कार गरेको छ । नागरिक उन्मुक्ति पार्टीले त सुदूरपश्चिममा अविश्वासको मत दिएर गठबन्धनभित्रको आफ्नै सरकार ढालिदियो । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफूहरुलाई बाईपास गरेको भन्दै जनमत पार्टी पनि रुष्ट छ ।

सत्ता गठबन्धनभित्रका सबै कुरा छताछुल्ल भइसक्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रधान तथा उर्जा मन्त्री बनेका राजेन्द्र लिङ्देन सत्ता पक्षको बोली बोल्न छाडेका छैनन् । सत्ताको कुर्सी प्यारो भएको उनी बाहिर आएको जस्तो संयन्त्रभित्र त्यस्तो केही पनि नभएको बच्ने अभिव्यक्ति दिन्छन् । ठूला दलले साना दलप्रति देखाएको हेपाहा प्रवृत्ति र सत्ता गठबन्धनभित्रका सात दलको सात पथ बनिरहँदा संयन्त्र खोक्रो बन्दै गएको छ ।

यसरी गठबन्धनभित्रका सात दल, सात दिशा र सात कार्यदल आआफ्नै ढंगले अगाडी बढ्दा उनीहरुले बनाएका नीति तथा साझा कार्यक्रम कागजी खोस्टो अलावा केही हुने देखिदैन । न त उनीहरुले बताए झै जनमतकै आधारमा बनेको यो सरकारले सार्थकता पाउने छ । यस्तै अवस्था रहिरहने हो भने नाटकीय ढंगमा बनेको यो सरकार पनि छोटै रेसको घोडा सावित हुने पक्कापक्की नै छ ।