Breaking

नेपालले भूकम्प प्रभावित टर्कीमा पठायो राहत सामग्री


काठमाडौँ — नेपालले भूकम्पबाट प्रभावित टर्कीमा राहत सामग्री पठाएको छ । औषधि, मेडिकल उपकरण, न्यानो कपडालगायत अन्य अत्यावश्यक सामग्रीहरू गरी २२ टनभन्दा धेरै राहत पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो । गएको सोमवार बिहान र दिउँसो गएको भूकम्पका कारण अहिलेसम्म टर्कीमा २९ हजार छ सय ९५ जना र सिरियामा तीन हजार पाँच सय जना गरी ३३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।