काठमाडौँ— मैत्रिपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ । भारत दक्षिण एशियाको बलियो टोली भएको र भारतसँग खेल्दा खेलाडीलाई राम्रो अनुभव हुने भन्दै मैत्रिपूर्ण खेलमा आफ्नो लक्ष्य सुखद् नतिजा रहनेमा खेलाडी र प्रशिक्षक आशावादी देखिन्छन् ।
मैत्रिपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई बिदाई गरिएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रिपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाई गरेका हुन् । २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमवार भारत प्रस्थान गर्नेछ ।
गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा नेपालले भारतमा दुई मैत्रिपूर्ण खेल खेल्नेछ । बिदाई पछि नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले छोटो समयको तयारी भएपनि टोलीले सुखद् नतिजा निकाल्ने बताए । दुई साताको अभ्यासमा राम्रो टोली तयार भएको र साफमा भारतलाई हराएकोले खेलाडीमा मनोबल उच्च रहेको प्रशिक्षक थापाले बताए । भारत दक्षिण एशियाको बलियो टोली भएको र भारतसँग खेल्दा खेलाडीलाई राम्रो अनुभव हुने भन्दै मैत्रिपूर्ण खेलमा आफ्नो लक्ष्य सुखद् नतिजा रहेको प्रशिक्षक थापाले बताए ।
यस्तै कप्तान एञ्जिालले साफपछि हुन लागेको मैत्रिपूर्ण खेलमा सुखद् नतिजालाई निरन्तरता दिने बताएन । उनले आफ्नो टोलीको मनोबल उच्च रहेको र भारतलाई हराउँदै साफ उपाधि दिलाएपछि टोलीलेको स्तर पनि बढेको बताइन । टोलीमा अनुभवि र नयाँ प्रतिभावान खेलाडी समावेश भएको भन्दै राम्रो खेल हुने अपेक्षा कप्तान एञ्जिालले राखिन । भारतसँगको मैत्रिपूर्ण खेल आगामी ओलम्पिकका लागि अनुभव संगाल्ने अवसर भएको भन्दै मनोबल उच्च बनाउन जितेर आउने उनको विश्वास छ ।
पहिलो पटक राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बनेका थापाले नेपाली महिला फुटबल टोलीले आधुनिक फुटबल खेलाउने तयारीमा छन् । एन्फाले मैत्रीपूर्ण खेलले ओलम्पिक छनोट खेलमा अनुभव खेलको रुपमा हेरेको छ । नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोली सोमवार चेन्नई प्रस्थान गर्नेछ ।
प्रतिक्रिया