Breaking

जनताको दुःख नदेख्ने निर्दयी सरकार, नागरिक झन् झन् आर्थिक संकटमा, महंगीले ढाड सेकियो


काठमाडौँ— आफ्नो दैनिकी सहज बनाउन भोट दिएर सरकारमा पठाएकाहरु नै अहिले जनताप्रति कठोर बन्दै गएका छन् । आम मानिसले दैनिक जीवनमा भोगिरहेका समस्याहरु प्रति सरकार संवेदनशील बन्न नसक्दा कष्टकर बनिरहेको छ ।

लोकतन्त्रमा जनताको दैनिकी सहज गराउनु राज्यको पहिलो प्राथमिकता मानिन्छ । तर, अहिले नेपालको स्थिति हेर्ने हो भने, सरकारले जनताको संवेदनशीलतामाथि नै प्रहार गरिरहेको देखिन्छ । स्थानीय देखि केन्द्र सरकार नागरिकको दैनिकी असहज बनाउने तर्फ लागिपरेको छ ।

महानागरले सडकमा मकै पोल्नेहरुलाई उठाउँदा उनीहरु अर्कै पेशामा लाग्न बाध्य भएको भन्दै अनुराधा कोइरालासहितको टोलीले काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र नै बुझाएको थियो । हिजो सडकमा आफ्नो दैनिकी गुजारा गर्न फुथपाथमा बसेकाहरु त त्यहाँबाट हटे तर, अहिले मैहु भन्ने ठूला व्यापारीहरु भने नै सडकमा छन् । विगत ३ महिनामा नेपालामा दैनिक उपभोग्य सामानको मुल्य ठ्याक्कै डबलिएको छ । मुल्यवृद्धिकै कारण जीवन धान्न धौ धौ भइरहेको छ । एक त देशमा श्रम पाउन नै मुश्किल, पाइहाले पनि उधारोमा काम गर्नुपर्ने बाध्यता । यस्तो अवस्था आउँदा पनि मानव जिवनको दैनिकी प्रति भइरहेको सकसले सरकारलाई छुन सकेको छैन ।

व्यापारीको व्यापार छैन । भएका उद्योग कलकारखाना पनि बन्द गर्नु पर्ने अवस्थामा पुगेको छ । बैंकको व्याजले उद्योगीहरु हायल कायल छन् । तर, सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत पाएको प्रचण्ड सरकार भने लोकप्रियताका लागि जनता झुकाइरहेको छ । प्रधानमन्त्री भएको सुरुका दिनमा भारतबाट बढेरै आएको पेट्रोल पनि सस्तो लोकप्रियताका लागि मुल्य घटाएको प्रचण्ड सरकारले फेरि मुल्य बढाएर जनता झुक्काउने काम गरेको छ । आमनागरिकको दैनिकी असहज हुँदै गर्दा जनताले भने राज्य भए वा नभएको केही महसुस नै गर्न सकेका छैनन् ।

विकास भनेको कालोपत्रे मात्रै पनि होइन । देशका नागरिकको दैनिकी सहज बनाउन सके पूर्वाधार गौड बनाउँदा फरक पर्दैन । यसो भन्दै गर्दा पूर्वाधारको विरोध गर्न पर्छ भन्ने तर्क पनि होइन । नागरिकको दैनिक जीवनयापन कठिन बन्दै गर्दा पूर्वाधार विकासले खास्सै अर्थ राख्दैन । ऐतिहासिक विश्वासको मत पाएकाले देशको नेतृत्व गरिरहँदा जनताको कष्टकर जिवन मुद्धा बन्न सकेको छैन । उनीहरु गृह र राष्ट्रपतिमा नै अल्झिरहेका छन् ।

सरकार मानवीय संवेदनशीलतामा कठोर त बन्दै गएको छ नै, सत्ता लोलुप्ताले जनताका समस्याको नजरअन्दाज पनि गरिहेको छ । फुथपाथ देखि महलमा व्यापार गर्नेहरु सब सडकमा छन् । उनीहरुलाई राज्यले अभिभावक भएको महसुस गराउन आवश्यक छ ।