Breaking

प्रतिनिधि सभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेश


काठमाडौँ— सरकारले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेश गरेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारु आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ साउन–२०७९ असार) पेश गर्नुभएको हो ।