Breaking

बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सरकार


काठमाडौँ— सरकारले आज साँझ ६ बजे बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०७९ ८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्न लागेका हुन् । अर्धवार्षिक समीक्षामार्फत राजश्व र खर्चको लक्ष्य घटाउने तयारी गरेको छ ।

यसपटक लक्ष्यअनुसार राजश्व नउठेको कारणले राजश्व घटाउने तयारी सरकारले गर्न लागेको बुझिएको छ । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो ।