काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अवैधानिक भएकाले खारेज गर्न मागसहित निर्वाचन आयोगमा अर्को निवेदन परेको छ ।
सिन्धुलीका युवराज सफल पौडेलले आइतवार निर्वाचन आयोगका सचिवसमक्ष रास्वपा खारेजीको मागसहित तेस्रो निवेदन दर्ता गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल दर्ता हुन अयोग्य रहेको जिकिरसहित खारेजी गर्न आयोगसँग माग गरेका हुन् । यसअघि नै उनले आयोगमा रास्वपाविरुद्ध दुईवटा निवेदन हालिसकेका छन् ।
निर्वाचन आयोगमा २०७९ असार १७ गते १८७ नम्बरमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रुपमा अवैधानिक तथा अयोग्य रहेकोले खारेज गर्नुपर्ने जिकिर उनले गरेका हुन् ।
प्रतिक्रिया