Breaking

सत्ता साझेदार दलबीच सहकार्य बलियो बनाउने सहमति


काठमाडौँ – सत्ता साझेदार दलहरु आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउन सहमत भएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अझ मजबुत ढंगले सहकार्यलाई अगाडि बढाउने र छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म सरकारले गरेका कामकारबाहीको बारेमा समीक्षा भएको जानकारी दिंदै भने, ‘आगामी दिनमा अझ मजबुत ढंगले यो सहकार्यलाई अगाडि बढाएर लैजाने भन्ने सहमति भएको छ र अब नियमित रुपमा यस प्रकारको भेटघाटलाई निरन्तरता दिने सहमति भएको छ ।’

बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको जनाएको छ । राष्ट्रपतिको उम्मेदवारबारे आजको बैठकमा छलफल नभएको बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।