Breaking

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै


काठमाडौँ – सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (आइतबार) बस्दै छ ।

राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन संयन्त्रको बैठक बस्न लागेको हो । बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो ।

जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जसपा उपस्थित भएनन् । आगामी फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुँदै छ ।

सत्ता साझेदार दलबीच नै राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत भइसकेको छैन ।