Breaking

२ महिना पैदल यात्रा लगाएर नेपाल आइपुगे थाइल्यान्डका भिक्षुहरू


काठमाडौँ— भगवान् गौतम बुद्धसँग सम्बन्धित तीर्थस्थलहरूको पैदल यात्रा गरिरहेका थाइल्यान्डका भिक्षुहरू २ महिना लगाएर नेपाल आइपुगेका छन् । भारतको कोलकाताबाट मंसिर २५ गते पैदल यात्रा सुरु गरेका ९५ जना थाई भिक्षुहरू बोध गया, सारनाथ, कोसाम्बी, संकिसा, श्रावस्ती हुँदै हिजो सुनौली नाकाबाट नेपाल प्रवेश गरेका हुन् ।

कोलकाताबाट नेपाल प्रवेश गर्दासम्म भिक्षुहरूले झन्डै १ हजार ७ सय ५८ किलोमिटर दूरी पार गरिसकेका छन् । नेपालमा रहेका बुद्धसँग सम्बन्धित तीर्थस्थलहरू अवलोकन गर्दै अन्त्यमा उनीहरू लुम्बिनी पुग्नेछन् ।