Breaking

सुदूरपश्चिमबाट धक्का दिन सुरु गर्‍यौं: माधव नेपाल


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई सुदूरपश्चिमबाट धक्का दिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीको केही काम छैन भनेको प्रसंग सम्झिँदै सुदूरपश्चिमबाट एमालेलाई नै धक्का दिएको बताएका हुन् ।

सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ एउटा नेपाली काँग्रेस, अर्को एकीकृत समाजवादी छ । यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो सुरुवात हो’ उनले भने ।