Breaking

प्रचण्डको भरपर्दा ओलीको भविष्य जोखिममा, गठबन्धन टुक्रा–टुक्रामा, माधव–उपेन्द्र भित्र्याउँदै


काठमाडौँ — राष्ट्रपतिको उम्मेदवार र सुदूरपश्चिममा सरकार फेरबदलको विषयले राष्ट्रिय राजनीतिक तरंगित बनेको छ । ओली–प्रचण्डबीचको नोकझोक र देउवा–माधव सत्ता सहयात्राको सुरुवातले पनि थप अन्योल थपेको छ । संकटमा परेका ओली थप रणनीतिसहित प्रस्तुत हुने तयारीमा छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहेको व्यक्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीकार्न नचाहेको विषय एमालेले स्वीकारेको छ ।

बिहिबार बसेको सचिवालय बैठकलाई विफ्रिङ गर्दै अध्यक्ष ओलीले एमालेले चाहेको व्यक्ति राष्ट्रपतिमा प्रचण्डले नचाहेको भन्दै सहमति संकटमा परेको स्वीकारेका थिए ।तर सुवासचन्द्र नेम्वाङका हकमा प्रचण्ड सहमतिका लागि अरुभन्दा लचक हुनसक्ने ओलीको बुझाई छ । पूर्वसभामुख पनि र संविधान बुझेको पात्र भएकै कारण पनि नेम्वाङ रोजाइमा पर्नसक्ने सम्भावना ओलीले देखाएको र त्यसका लागि प्रचण्डसँग प्रयत्न गर्नुपर्ने ओलीको बोली छ ।नत्र राष्ट्रपतिकै विषयले गठबन्धन भत्किने र पाएको पद पनि गुम्ने जोखिम ओलीमा परेको छ । तैपनी ओली अझै मौका पर्खिरहेका छन् ।

गठबन्धनमा बढेको असन्तुष्टिकै पेलानमा एमाले सुदूरपश्चिम सरकारबाट हात धुन बाध्य बनेको छ । जुन सुखःद् संकेत होइन । माओवादीका सभामुखलाई मत दिएको नागरिक उन्मुक्ति पार्टीले एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत नदिनुमा आफैमा आश्चर्यजनक छ ।सरकार सञ्चालनमा सहजीकरण र गठबन्धनभित्रका असहमति मत्थर गर्न बनेको उच्चस्तरिय राजनीतिक संयन्त्र पनि प्रभावहिन जस्तै छ ।लामो रस्साकस्सी र अलमलकाबीच शुक्रबार बिहान बसेको संयन्त्रको बैठक पनि निकास निकाल्नेभन्दा असन्तुष्टि केलाउनमै व्यस्त बन्यो ।

संयन्त्रको बैठकमा सरकारलाई समर्थन दिएर गठबन्धनमै कायम रहेका नागरिक उन्मुक्ति पार्टी, जनमत र जसपा सहभागि नै भएनन् । बैठकमै सहभागि राप्रपाका अध्यक्ष लिङ्देन पनि आफ्नो धारणा राख्दै बाहिरिएका थिए । उनले राष्ट्रपतिको विषयमा छलफल गर्न आवश्यक नै नभएको प्रतिक्रिया समेत दिएका छन् ।स्वतन्त्र पार्टीलाई सरकरमा फर्काउने विषयमा छलफल भएपनि ओलीका अघिप्रचण्ड तयार छैनन् ।

बरु जसपा र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल बनाएर आफ्नो कित्ता बलियो बनाउने दाउ प्रचण्डको छ । किनकि अहिलेको गठबन्धनभित्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सभापति लामिछाने ओलीकै फेभरमा चल्दै आएका छन् । जुन प्रचण्डका लागि घातक बन्दै गएको छ । फलतः रास्वपालाई सरकारबाट निकाल्न भूमिका खेलेका प्रचण्डराप्रपालाई समेत धक्का दिएर जसपा र नेकपा एसलाई भित्र्याउने अनि ओलीलाई दबाबमा राख्ने नीतिमा अघि बढेका छन्

आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा पर्दा पनि गठबन्धन नबोलेको विषयमा रास्वपाका सभापति लामिछाने सन्तुष्ट छैनन् । पद, पावर र सत्ता खोसिएपछि उनी पनि विकल्पको खोजीमा छन् । तर राष्ट्रपतिको निर्वाचनसम्म हेरौं भन्ने ओलीको आह्वानलाई स्वीकार्दै रास्वपा गठबन्धनमै छ । यता प्रचण्डसहित निर्वाचनअघिकै गठबन्धन ब्यूँताउने कसरतमा रहेको काँग्रेस पश्चिमबाट सत्तामा उदाएको छ । सुदूरमा एमालेको सरकार ढलेपछि देउवा र माधवले सत्ता सहयात्रा सुरु गरेका छन् ।

त्यसको पराकम्प केन्द्रमै ठोक्किएपछि शुक्रबार देउवा र माधवबीच भेटवार्ता भएरनयाँ गठबन्धन शिलान्यास गरिएको छ । तर ओली–प्रचण्डबीच नोकझोक नै भएको छ ।बालुवाटारमा प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाउन नपाउँदै ओली प्रतिवादमा उत्रिएर पहिल्यै सहमति भएको विषयमा छलफल आवश्यक नभएको बताएका थिए ।

यो सब देखेका रास्वपा र राप्रपा थप अन्योलमा परेका छन् । सधैं संयन्त्रको प्रवक्ता जस्तो भएर प्रतिक्रिया दिने रविले शुक्रबार बोल्नै चाहेनन् । प्रचण्डले रोकेको एमालेको राष्ट्रपति र खोजेको राष्ट्रिय सहमतिकै बाटोमा उभिएर हो वा फरक अभ्याससहित प्रस्तुत हुन हो, महन्थलाई संसद भवनबाटै गाडीमा हुलेर बालकोटसम्म लिफ्ट दिएका ओलीले थप अन्योल बनाइदिएका छन् ।