Breaking

कस्तो रह्यो त राष्ट्रपतिको कार्यकाल रु कस्ता छन् उनीमाथिका आरोप ?


काठमाडौँ — देशनयाँ राष्ट्रपतिको खोजिमा रहँदावर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो दोश्रो कार्यकाल सकाउदै छिन् । विभिन्नविवाद र आलोचनाकाविचसंवैधानिक रुपमा समेत जीवनकै अन्तिम राष्ट्रपति बनेकीउनले जादाजादै दुवै सदनलाई अन्तिम संम्बोधन समेत गरेकि छिन् । योसंगै निवृत्त जीवनतर्फ उन्मुखउनको यो कार्यकाल कस्तो रह्यो त ? नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमादोश्रो कार्यकालमा रहेकि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको दोश्रो कार्यकाल समेतआगामीफागुन २८ गतेबाट सकिदै छ । कम्युनिस्ट पृष्ठभूमि तथामहिलाआन्दोलनमालामो समय बिताएका कारण सुरुमाचर्चाको शिखरमा रहेकीउनको सुरुवातको जस्तो शाखभने अहिले वाँकि रहेन ।

पहिलो कार्यकालकालागि २०७२ कार्तिक ११ मानिर्वाचितभएकीउनलेराजनीतिक रुपमाकमविवादितभएकै कारण ०७४ फागुन २९ माभएको निर्वाचनमाविजयीहुँदै दोस्रो कार्यकालको सुनिश्चित गरेकि थिईन । तर दोश्रो कार्यकालको अन्तिम घडिमा आईपुग्दाउनीमाथिगणतन्त्रको संरक्षक नै व्यवस्थामास्ने काममालागेको तथानयाँ राजाको जसरी प्रस्तुतभएको जस्ता आक्षेपकालागेका छन्।राष्ट्रपति तथाउनको कार्यालयसँगजोडिएका आउने समाचारहरुले आममानिसलाई आक्रोशिततुल्याउने गरेका छन्। सेनालाई जुत्ताचप्पलबोकाउने, सडकका मानिसलाई असर पुग्ने गरी राजशैलीमा बाटो कब्जागर्ने, विलासी सामानप्रतिमोह देखाउने उनको व्यवहार सुरुबाटै आलोचनाको आधार बन्दै आए ।

जसमाथि उठेका प्रश्नहरुकाउत्तरका रुपमा सार्वजनिकअभिव्यक्तीहरुमा यो आफ्नो मर्यादाकालागिभएको तथायसलाई स्वभाविकमान्नुपर्ने जस्तो रुखो जवाफले आममानिसलाई निराशबनाउँदै लगेको छ।सुरुवातताकानै राष्ट्रपति तथाउपराष्ट्रपतिले पदीयकाम कारबाहीबारे अदालतमा मुद्दा चलाउननपाइने व्यवस्थाभएको कानुनले उनीविवादमा परिन् । अन्तर्राष्ट्रिय रुपमाप्रचलनमा रहेको व्यवस्थाभएपनि नेपालमाभने पूर्व राजपरिवारले पाएको विशेषाधिकारसँग जोडेर यसको आलोचनाहुदाँउनको राजनीतिगन्ध नै देखिने गरेर गरिने व्यवहार पनिआलोचनामुक्तहुन सकेन । त्यसमापनितत्कालीन नेकपादुई पार्टीमाविभाजन भएपछि विकसित घटनाक्रम र संसदमा देखिएको रस्साकस्सीमाउनकोव्यवहारले नै अहिले राष्ट्रपतिमा राष्ट्रिय सहमतीको विषय उछालिएको छ ।

उनले गरेको आलंकारिक राष्टपतिको आडमाकार्यकारी हुने प्रयासकै कारण यो पदकालागि मरिहत्ते गर्ने वातावरण बनेको छ । जुनअहिलेका जस्तो अस्थिर अंकगणित रहेको संसदमाआफ्ना हितानुकुलवातावरण बनाउन सहजहुने बुझेकै कारण दलहरु रस्साकस्सीमा छन । जसले यो पदको गरिमा स्वार्थका हिसावले बढेपनि संबैधाकिनव्यवस्था र नैतिकताकाहिसावले धुमिल बनेको छ । हुन त पहिलो राष्ट्रपति डा.रामवरण यादवपनिविवादरहित रहेनन् ।

तर संविधानकार्यान्वयकाबर्षका रुपमाचिनिएको समयमै दुई दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी कार्यकालमात्यो उत्कर्षमै पुग्यो ।कहिले पार्टीको विवादमिलाउने मध्यस्तकर्ता बनेर त कहिले अध्यादेशमाआफूखुसी गरेर विवादमातानिएकीउनले सांसदको सपथविनै केपीशर्मा ओलीलाई प्रधानमन्त्रीनियुक्त गरेकीथिईन । यद्यपी नेताहरुको कुर्सी संघर्षकै कारण राष्ट्रपति संस्थामाथि नै विवादनिम्त्याउने प्रयास भएको र त्यसलाई राजनीतिक रंग दिएको भन्दै उनको रक्षागर्नेहरु पनि छन् । जुन कुरा नागरिकता जस्तो विधेयकअनुमोदननगरेरउनको कार्यको विवादकाक्रममा बढि प्रयोग भयो । जहाँउनको यो कदम नै पनि संविधानको प्रावधानअनुसार भने आलंकारिक राष्ट्रपतिलेगर्न नहुने कार्य नै हो ।

हुन त कुनै पनिव्यवस्थालामो अभ्यास र समय अन्तरातलसंगै परिपक्वहुँदै जाने हो। जहाँ राजनीतिक र संसदीयरुपममै अचम्मलाग्दा र नैतिकताहिनअभ्यासभईरहेको अहिलेको अवस्थामा राष्ट्रपतिमात्र सहि हुने आशागर्नु नै व्यर्थ छ । तरकार्यशैली सुधारे पनिआधाआक्रोश कमगर्न सकिने अवस्थाभएपनि राष्ट्रपति भण्डारी त्यसमापनि चुकेकीछिन् । प्रश्न,विवाद र आलोचनाको चाङ व्यवस्थापनमालाग्नु भन्दायसलाई संस्थामाथिको आरोपका रुपमा स्थापितगर्न लाग्नु नै उनकालागिआलोचनको अर्को आधार बन्दै आएको छ ।