Breaking

कार्यकालको उत्तरार्धमा राष्ट्रपतिको सम्बोधन, नीति नियम कार्यान्वयन नभएकोमा प्रश्न


काठमाडौँ — आफ्नो कार्यकाल सकिनै लाग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा अन्तिम सम्बोधन गरेकी छन । करिब एक घण्टाको सम्बोधनमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालयमा भएको उपलब्धिको फेहरिस्त सुनाउँदै राष्ट्रिय समस्याका रुपमा रहेको अर्थतन्त्र लगायतका विषयप्रति राजनीतिक दलहरुको ध्यानाकर्षण गराएकी छिन । आफ्नो कार्यकाल सकिनुभन्दा डीक एक महिना अघि शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई एक घण्टाकोअन्तिम सम्बोधन गरेकी छन् ।राजकीय सम्मानसहित संसद भवन पुगेकी राष्ट्रपति भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्षले संसद भवनको मुख्यद्वारामा स्वागत गरेका थिए ।

यस्तै बैठकस्थलमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए ।सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालयमा भएको उपलब्धिको फेहरिस्त सुनाएकी छिन भने देशमा भएका समस्या विकृति र विसंगतिप्रति राज्यको ध्यान आर्किष्ट गराएकी छिन् । संकटमा रहेको अर्थतन्त्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताइन् ।उनले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको बताइन् । राष्ट्रपति भण्डारीले बैंक तथा वित्तिय संस्थाको बढ्दो ब्याजदरबाट उत्पन्न समस्यबारे कदम चाल्न आवश्यक भएको बताएकी छन् ।

उनले ब्याजदरको समस्याले उद्योगी, व्यापारी मात्र नभइ आम उपभोक्तासमेत मारमा परेको जनाइन् ।यस्तै संविधान र कानुनले प्रत्याभूति गरेकाविषयहरु पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकि रहेको बताइन । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह गरिन्। यस्तै महिलामाथि हुने सबै प्रकारणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा पनि जोड दिइन । राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि पर्याप्त प्रयास गर्नुपर्ने पनि बताइन ।यस्तै उनले स्वास्थ्य क्षेत्रमा लगानी बढाए पनि अझै पनि सुत्केरी महिलाहरुको उपचारको अभावमा ज्यान जाने अवस्था कायमै रहेको उल्लेख गर्दै त्यसमा चिन्ता व्यक्त गरिन ।

यस्तैसंविधान कार्यान्वयनका सात वर्षमा राजनीतिक स्थायित्व कायम भएको बताएकी छन् । उनले संविधानको कार्यान्वयनका लागि सात वर्षको अभ्यास निकै महत्त्वपूर्ण भएको बताइन ।सम्बोधनको क्रममा भण्डारीले देशको आर्थिक, राजनीतिक क्षेत्रमा धेरै नै प्रगति भएको बताएकी छन् । तर यसलाई थप विकसित गर्नुपर्ने उनको भनाइ थियो ।राष्ट्रपति भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिदैछ । नयाँ राष्ट्रपतिको चयनका लागि फागुन २५ गते निर्वाचन हुँदैछ । आफ्नो कार्यकाल सकिनै लाग्दा सदनमा राष्ट्रपति भण्डारीको सम्बोधनलाई विधाइ संबोधनको रुपमा परिभासित गरिएको छ ।