Breaking

महाशिवरात्रिका लागि सिँगारिँदै पाशुपत क्षेत्र, सुरक्षा, आवास, स्वास्थ्यको यसरी गरिँदै छ व्यवस्था


काठमाडौँ — हिन्दु धर्मवलम्बिहरुको महत्वपूर्ण पर्व महाशिवरात्री नजिकिएसँगै पशुपतिनाथ क्षेत्रको सजि सजावटले तिव्रता पाएको छ । पशुपति नाथ क्षेत्र विकास कोषले महाशिवरात्रीलाई लक्षित गर्दै पाशुपत क्षेत्रको रंगरोगन सरसफाईदेखि साधुसन्त र दर्शनार्थीहरुको सुविधालाई ख्याल गर्दै विभिन्न तयारी गरिरहेको जनाएको छ । हिन्दु धर्मवलम्बिहरुको महत्वपूर्ण पर्व महाशिवरात्री आउन एक साता मात्र बाँकी छ । महाशिवरात्रीका लागि हिन्दु मठ–मन्दिर देवालयहरु सजिसजावट सुरु भईसकेको छ । रंगरोगन–सरसफाइले तिव्रता पाईरहेको छ ।

महाशिवरात्रीमा स्वदेशी मात्र नभई विदशी दर्शनार्थीहरुको समेत घुइचो लाग्ने महत्वपूर्ण धार्मिक थलो काठमाडौको पाशुपत क्षेत्र भक्तजनहरुको स्वागतको तयारीमा जुटेको छ । हिन्दुधर्मवलम्बिहरुको ऐतिहासिक धार्मिक स्थल पशुपतिनाथ क्षेत्र सजिसजावट सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले पश्पति मन्दिर परिसरको रंगरोगन,सरसफाई, आवसको निर्माण सहित महाशिवरात्रीको समग्र तयारीलाई तिव्रता दिइएको छ ।

हिन्दुधर्मालम्बिहरुको आस्थाको केन्द्र पशुपतिनाथको दर्शनार्थ भारत, श्रीलंका लगायत विभिन्न मुलुकबाट तिर्थालु आउने गर्दछन् । शिवरात्रिको अवसरमा साधुसन्तहरुको बाक्लो उपस्थिति हुने गर्दछ । यहि कुरालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री मेलाको तयारी लगभग अन्तिम चरणमा पुगेको जनाएको छ । मेलाका लागि आवश्यक दर्शन, सुरक्षा, आवास, स्वास्थ्य लगायतको क्षेत्रको व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको कोषले जनाएको छ ।

विगतको भन्दा दर्शनार्थीहरु बढ्ने सम्भावनालाई मध्यनजर गर्दै भक्तजनहरुको सहजताका लागि आफूहरुले सबै तयारी गरिरहेको कोषले जनाएको छ । पाशुपत क्षेत्रमा मात्र होइन, देशभरका शिवालयहरुलई सिघारर्ने कामले तीव्रता पाएको छ ।
महाशिवरात्री हिन्दुधर्मालम्बिहरुका लागि विशेष पर्व हो । प्रत्येका वर्ष फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्री दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको विशेष दिन मानिन्छ । व्रतोत्सवहरू मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन शिवालयहरुको दर्शन सहित यो पर्व मनाउने गदर्छ ।