Breaking

ट्रमा सेन्टरका डाक्टरमाथि प्रहरीको कुटपिट


काठमाडौँ — प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंह घाइते भएका छन् । राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टर सिंहलाई कुटपिट गरेको हो । शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्न गएकी थिइन् । सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो ।

त्यही बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । बाटो खाली गराइएको बेलामा हिँडेको भन्दै प्रहरीले सिंहलाई कुटपिट गरेका हुन् । उनको टाउकोमा चोट लागेको छ । घटनाको विरोधमा त्यहाँका चिकित्सकहरूले प्रर्दशन गरिरहेका छन् । ट्रमा सेन्टर अगाडिको सडकमा उक्त घटनाको विरोधमा चिकित्सकहरूले प्रर्दशन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो । यो क्रममा सडक पनि केहीबेर अवरूद्ध भएको थियो ।