विदेश

टर्की र सिरिया भूकम्प: मृतकको संख्या २१ हजार


काठमाडौँ — टर्की र सिरियामा सोमबार भएको भूकम्पमा परेकाहरूको खोजी तथा उद्धार कार्य जारी छ । एकातिर भूकम्पको चोट अर्कोतिर हिउँदको अत्यधिक जाडो टर्की र सिरियाका भूकम्प प्रभावितहरू यति बेला पीडा माथिको पीडामा छन् । शुक्रबार दिउँसोसम्ममात्रै यस भूकम्पबाट मृत्यु हुनेको संख्या २१ हजार नाघि सकेको छ ।

त्यहाँ भूकम्पमा परेकाको खोजी र उद्धारका लागि १ लाख २१ हजारभन्दा बढी उद्धारकहरू परिचालित भएको टर्कीकी डिजास्टर एन्ड इमर्जेन्सी म्यानेजम्यन्ट प्रसिडेन्सी (एफएडी) ले जनाएको छ । उसका अनुसार ७५ हजार ७८० जनालाई उद्धार गरिएको छ ।