विदेश

सर्वोच्च अदालतले सच्यायो वाक्यांश, आन्दोलन स्थगित, न्यायपालिकामा अथाह विश्वास भएको मुख्यमन्त्रीको तर्क


काठमाडौँ — आम हडताल देखी विशाल आन्दोलन हुन थालेपछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी सच्याएको छ । लगतै मुख्यमन्त्री प्रेम सिहं तामाङले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतलाई राजनीतिक मुद्दालाई समाधान गर्न मद्दत गरेकोमा धन्यवाद दिएका छन् । आम हडताल देखी विशाल आन्दोलन हुन थाले पछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधवार सच्याएको छ । भोटे, लेप्चा र नेपाली तीन जातिको प्रमुख थातथलोको रूपमा चिनिएको सिक्किममा बसोबास गर्ने नेपालीलाई किटान गरेर विदेशी भनेपछि आन्दोलन चर्किदै आएको थियो । आन्दोलनले सिक्किमका विभिन्न तह र तप्कालाई छोएको थियो ।

केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शब्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरे पछि बुधवार सर्वोच्चको विशेष सुनुवाइले उक्त शब्द हटाउने निर्णय गरेको छ । न्यायाधीशद्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासपछि शब्द हटाउने निर्णय भएको हो । गत जनवरी १३ मा भारतको सर्वोच्च अदालतले सिक्किमका बहुसङ्ख्यक नेपालीभाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेको नेपाली भाषी समुदाय आन्दोलित भएको थियो । सिक्किम लगायत क्षेत्रमा आम हडताल देखी विशाल प्रदर्शनसम्म भएको थियो भने आम हडतालसम्म हुँदा भारतका नेपाल भाषी शहर ठप्पसमेत भएका थिए ।

आन्दोलन निरन्तर चर्किँदै जान थाले पछि भारतीय सर्वोच्च अदालत सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भन्न वाक्यांश सच्याउन बाध्य भएको टिप्पणी गरिएको छ । सर्वोच्चको सो निर्णयसँगै सिक्किममा भइरहेको आन्दोलन स्थगित भएको आन्दोलनकारीले उल्लेख गरेका छन् । सिक्किममा विरोध प्रदर्शन भएपछि भारतको सर्वोच्च अदालतले अघिल्लो फैसलालाई परिमार्जन गरेको हो । मूल फैसलाले सिक्किमे–नेपाली व्यक्तिहरूलाई विदेशी मूलका मानिसहरू भनेर वर्णन गरेपछि सिक्किमे–नेपाली समुदायहरुले आपत्ति जनाएका थिए । भारतीय संघ, सिक्किम राज्य, र तेस्रो पक्षहरूद्वारा फैसला परिमार्जन गर्नका लागि आवेदनहरू दायर भएको थियो जुन न्यायाधीश एमआर शाह र बीवी नागरथनाले दिएका थिए।

विवादास्पद अंश न्यायमूर्ति नागरथनाले लेखेको फैसलामा उल्लेख थियो जुन अहिले हटेको छ । सिक्किमका मुख्यमन्त्री प्रेम सिहं तामाङले सिक्किमका जनताको भावना बुझेर मुद्दाको तत्काल समाधान गरेकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिदैँ सिक्किमको भारतीय न्यायपालिकामा अथाह विश्वास भएको बताएका छन् । त्यस्तै मुख्यमन्त्री पीएस तामाङले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई ठूलो सामाजिक राजनीतिक मुद्दालाई समाधान गर्न मद्दत गरेकोमा धन्यवाद दिएका छन् । साथै सिकिम सरकार जिन्दावाद सिकिम एकता कायम रहोस् भारत सरकार जिन्दावाद प्रधानमन्त्री मोदी जिन्दावाद मुख्यमन्त्री प्रेम सिहं तामाङ जिन्दावाद लगायतको नारा लगाई मुख्यमन्त्री तामाङलाई दिल्लीबाट राङ्पोमा स्वागत पनि गरिएको थियो ।

त्यस्तै सिटिजन एक्शन पार्टी (क्याप) ले सर्वोच्च अदालतको जनवरी १३ को फैसलामा सिक्किमे नेपाली समुदायमाथि गरेको विदेशी टिप्पणीलाई हटाउने निर्णयको गर्दै सिक्किमी समाजको पनि प्रशंसा ग¥यो र अन्ततः निर्णयलाई सिक्किमको पक्षमा पुर्यायो। साथै, संयुक्त कार्य परिषद् (जेएसी) र विभिन्न संस्थाहरूको सहयोग र समर्थन बिना यो सम्भव नभएको विभिन्न संचार माध्यमहरुले जनाएको छ । क्यापले मुद्दालाई गम्भीरतापूर्वक लिई सर्वोच्च अदालतमा समीक्षा गर्न पहल गरेकोमा केन्द्र र राज्य सरकारलाई धन्यवाद समेत दिएको छ। सिकिमका उच्च ओहोदाका व्यक्तिहरुले एकै स्वरमा विरोधलाई निरन्तरता दिएसँगै वाक्यांश सच्याउन सर्वोच्च अदालत बाध्य भएको टिप्पणी भईरहेको छ ।