Breaking

प्रचण्ड झन् शक्तिशाली बन्दा एमाले निरीह, कांग्रेस देखाएर राष्ट्रपति हत्याउने दाउ ! देउवा–ओली भिडाउने


काठमाडौँ — कांग्रेसको धोकामा एमालको साथ पाएर सत्तारोहण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेमाथि नै भारी पर्न थालेका छन् । प्रधानमन्त्रीबाट यात्रा थालेर आफू अनुकुल वातावरण निर्माणमा लागेका उनी विकसित परिस्थितीमा समेत बलियो बन्दै छन ्? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई झोलीको देउता बनाँउदै रजगजको आशामा रहेको एमाले अध्यक्ष केपि शर्मा ओली आफै दवावमा पर्न थालेका छन् । अस्थिर संसदीय अंकगणित र त्यसमा खेल्न माहिर कांग्रेसको साथमा प्रचण्डले बढाँउदै लगेको शक्ती उनको टाउको दुखाईको विषय बनेको हो । सुरुमा उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत प्रचण्डको हात वाधेका ओलीले मुख्य मन्त्रालयहरु समेत आफू अनुकुल बनाएका थिए ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ शक्ती उनको हिताकुल प्रयोग भए । फलत ः प्रदेशस्तरका भागवण्डामा समेत माओवादीले पाए आलोपालो र आफूले पाए एकल नेतृत्वको वातावरण ओलीले निर्माण गरेका थिए । यतिमात्र नभएर तत्कालिन नेकपामा जस्तै छेउको कुर्सीमा बसाएर आफू कार्यकारी जसरी प्रस्तुत भएका ओली प्रचण्डलाई साईजमा ल्याउन प्रयारत नै छन । तर कांग्रेसको विश्वासको मतले एकाएक शक्तीमा आएका प्रचण्डलाई रवि लामिछानेको नागरिकता मुद्धा प्रकरण र त्यसपछिको विकसित घटनाक्रमले अझ सहयोग गरेको छ ।

यद्यपी योवीचमा पनि ओलीले रविलाई फर्काउन दवाव भने दिएका थिए । त्यसो भए गठबन्धन गन्जागोल नहुने र आगामी राष्ट्रपतिमा आफूलाई सहयोग हुने ओलीको विश्वास थियो । तर कांग्रेसको आडले दह्रो बनेका प्रचण्डले गृहमन्त्रालय आफैले राख्ने अडानमात्र राखेनन कि यसैलाई रास्वपालाई सरकारबाट हटाउने उपायका रुपमा समेत प्रयोग गरे । अहिले पनि ओली अन्य मन्त्रालय पाए आउन तयार भएको भन्दै रास्वपालाई फर्काउन प्रचण्डलाई दवाव दिईरहेका छन । यसले आफ्नो शक्ती पुन प्राप्त हुने उनको विश्वासमा प्रचण्डले भने पूर्णविराम लगाईसकेका छन ।

यसरी एकातर्फ आफूले वोकेकाहरुको अपरिपक्क निर्णय र अर्कातर्फ प्रचण्डले खेल्न पाउने प्रसस्त वातावरण बन्दा ओली भने छटपटिन थालेका हुन । जसलाई कतिपयले गठबन्धन निर्माणताका भएको सहमतीको माओवादीले तोडेको रुपमा अथ्र्याउदा माओवादी नेताहरु भने १० गते गृहमन्त्री दिन्छु भन्दै ११ गते रास्वपालाई भित्र्याएर त्यसको सुरुवात ओली नै गरिसकेको तर्क गर्छन ।

अहिले राष्ट्रिय सहमतीको रटान लगाईरहेको प्रचण्ड त्यसलाई ओली सन्तुलनका लागि कांग्रेसको साथ राख्ने रणनितिका रुपमा प्रयोग गर्न चहान्छन । यदि त्यसमा सफल नभए कम्तिमा माओवादीले चाहेकै मान्छेमा राष्ट्रपति बनाउसम्ममा ओली लचक हुन सक्ने प्रचण्डको बुझाई छ । जसले भोलीका दिनमा कांग्रेसले साथ नै छोडेपनि शक्ती सन्तुलन हुनेछ । यसैका लागि ओली प्रचण्ड छलफलमा जुटेका छन । तर राष्ट्रपति र सरकार सन्चालमा साझा सहमती खोज्न उच्च राजनीतिक राजनीतिक संयन्त्रको बैठक पूर्व सिंहदरवारमा बसेका ओली प्रचण्डवीच सहमती जुट्न नसकेपनि संयन्त्रको वैठक नै अनिश्चित बनेको छ । गठबन्धन दलहरुबीच असमझदारी बढ्दै गएको यहि अवस्थालाई प्रयोग गर्ने रणनितिमा कांग्रेस पनि छ ।

सरकारलाई विश्वासको मद दिएर प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि राष्ट्रपति आफूले अघि सारेको उम्मेदवारलाई सहयोग गर्ने वातावरण बनाउन माओवादीका नेताहरुसँग भेटघाट बढाएको छ । यद्यपी प्रचण्ड भने कांग्रेसलाई नै वोकेर हिड्ने पक्षमा पनि देखिएका छैनन् । भरसक दुवैलाई सन्तुलनमा ल्याउन सके पाँचबर्ष नै देशको वागडोर सम्हाल्न सकिने उनको यो आशा कांग्रेसको आगामी कदमले समेत निर्धारण गर्ने छ ।

लामो समयदेखि कांग्रेसको प्रचण्डसंग निकटता र उनको लगाएको राष्ट्रिय सहमतीको रटानलाई ओलीले अस्वीकार गर्दै आएका थिए । तर यसमा पनि प्रचण्डलाई नागरिक उन्मुक्ति पार्टीले सहज पारिदिएको छ । उसले सुदुरपश्मिच प्रदेश सरकारलाई विश्वासको मत नदिदा अव त्यहा कांग्रेसको सरकार बन्ने पक्कापक्की छ । यहि अवस्थालाई प्रयोग गर्दै सुदुपश्चिममा कांग्रेसलाई सहयोग गरेर साथै राख्ने तथा केन्द्रमा पनि दवाव बढाएर राष्ट्रपति आफैलाई पार्ने दोहोरो रणनितिमा प्रचण्ड लाग्न सक्छन ।

यदि यसमा पनि उनी सफल रहे सर्वस्व गुमाएर प्रतिपक्षी बन्न नसक्ने र कांग्रेस संगै मिलेर अघि जानसक्ने सम्भावना पनि कम रहेको एमाले अझ मारमा पर्ने प्रष्ट सर्वस्व गुमाएर प्रतिपक्षी बन्न नसक्ने र कांग्रेस संगै मिलेर अघि जानसक्ने सम्भावना पनि कम रहेको एमाले अझ मारमा पर्ने प्रष्ट छ ।