Breaking

क्यान मेलामा देखिएका प्रविधिमय प्रदर्शनी, के के छन मेलामा, किन जाने ?


काठमााडौँ — २८ औं संस्करणको क्यान इन्फोटेकको काठमाडौमा जारी छ । ६ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय आइटी प्रोडक्टहरुको अवलोकन गर्न पाइने छ । काठमाडौको भृकृटिमण्डपमा जारी क्यान इन्फोटक प्रदर्शनीमा देशी विदेशी सफ्टवेयर, नेटवर्किङ, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसनवारे प्रशस्त जानकारी लिन सकिन्छ ।

ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी,आइओटी, ब्लक चेन, आर्टिफिसियल इन्टेलिजेन्स, वैकल्पिक ऊर्जा प्रविधिको जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा ल्याउन सक्ने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर जस्ता अनेक प्रविधिको प्रगति अवलोकन गर्न पाइन्छ ।

आफ्नो आवश्यकता अनुसार खरिद त छँदैछ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा माघ २४ गतेदेखि जारी क्यान इन्फोटेक फेयरको २८ औं संस्करण माघ २९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा राखिने नवीनतम् प्रविधि स्टार्टअप इनोभेसन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका आविष्कारहरुले डिजिटल नेपाल निर्माणको अभियानमा युवा र प्रविधि क्षेत्रको लगाव अनुमान गर्न सकिन्छ ।

नेपालमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएका विकास तथा नवप्रवर्तन मेलामा देख्न पाइन्छ, अनुभव गर्न पाइन्छ । प्रदर्शनीले आगन्तुकहरूलाई नवीनतम विकसित प्रविधिको बारेमा जानकारी प्राप्त गर्न र एकै ठाउँबाट खरिद गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । जसका कारण मेलामा सहभागीहरुमा उत्सुक्तासँगै उत्साह देख्न सकिन्छ । मेला अवलोकनकर्ताको सहभागीताले स्टलमा बसेकाहरुलाई समेत हौसला मिलिरहेकै छ ।

व्यवसायीहरूले यसलाई एकअर्कासँग अनुभव आदानप्रदान गर्ने र थप व्यापार गर्ने अवसर मात्र नभई प्रत्यक्ष रुपमा बस्तुको आदनप्रदानले उद्यमीहरुमा उत्साह नहुने कुरै भएन । क्यान इनफोटक मेलामा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा मुलुकभित्र भएका नयाँ प्रयासहरू समेत प्रशस्त छन । प्रविधिमा युवाहरुको लगाव नविनतम् सोचले यो मेलालाई थप जीवन्त बनाएकोमा दुईमत छैन ।