विदेश

मेस्सीले टर्की भुकम्प पीडितलाई ३.५ मिलियन युरो सहयोग गर्ने


काठमाडौँ — चर्चित फुटबलर लियोनेल मेस्सीले टर्की र सिरियाका भुकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो सहयोग गर्ने भएका छन् । टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन निर्देशन दिएको भक्स न्युजले उल्लेख गरेको छ । लियोनेल मेस्सी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो, जसले विश्वभरका बालबालिकाको स्वास्थ्य र शिक्षाको ख्याल राख्छ र लियोनेलका जेठा भाइ म्याटियासले युनिसेफ सँगको साझेदारीमा सहयोगका गतिविधिहरू आयोजना गर्छन् ।

उनले सो रकम युनिसेफसँगको सहकार्यमा टर्की र सिरियाका भुकम्प पीडितका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । टर्की र सिरियामा गएको बिनाशकारी भुकम्पले अहिलेसम्म १६ हजार भन्दा बढिको ज्यान लिएको छ भने विश्व स्वास्थ्य संगठनले सो भुकम्पमा परी २० हजार जनाको ज्यान गएको प्रक्षेपण गरेको छ । नेपालबाट पनि सहयोग राहत लिएर जाँदै छ ।