Breaking

टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १६ हजार भन्दा बढी,उद्धार कार्यमा ढिलाइ


काठमाडौँ — टर्की र सीरियाको सीमा क्षेत्रमा गएको विनासकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । उद्धारको कार्य जारी रहेको र मृतकको संख्या बढ्ने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन् । टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले उद्धारका विषयमा भइरहेको आलोचनापछि सरकारको बचाउ गरेका छन् ।

उनले यस प्रकारको आपतकालीन अवस्थाका लागि पूर्ण रुपमा तयार रहन सम्भव नभएको बताए । आलोचकहरुले उद्धार र आपतकालीन सेवा सुस्त भएको र सरकारको पूर्व तयारी कत्ति पनि नदेखिएको बताएका छन् । भूकम्पले प्रभावित भएका क्षेत्रमा सडक पूर्वाधारहरु पनि भत्किएकाले राहत र उद्धारमा थप कठिन भएको छ। सीरियामा युद्धका कारण संरचनाहरु ध्वस्त भएका हुँदा झनै जटिल रहेको बीबीसीले जनाएको छ ।