देश

शेर्पा विद्यार्थी सङ्घले वृहत् ल्होसार कार्यक्रम आयोजना गर्ने


काठमाडौँ — नेपाल शेर्पा विद्यार्थी सङ्घले ग्याल्बो ल्होसारको अवसरमा राजधानी काठमाडौँमा वृहत् ल्होसार कार्यक्रम गर्ने भएका छन् । वरिष्ठ कलाकारहरूको साथमा काठमाडौँको बौद्ध स्थित गार्डेन पार्टी प्यालेसमा फागुन २१ गते कार्यक्रम आयोजना गरिने शेर्पा विद्यार्थी सङ्घका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिएका छन् । शेर्पाका अनुसार वरिष्ठ गायक ल्हाक्पा शेर्पा, रोज मोक्तान, दावा के शेर्पा, सोनाम शेर्पा, प्रदीप लामा, ल्हमु शेर्पा, आङ तेन्जि शेर्पा, पल्मु शेर्पा, कर्मा वाङचुक शेर्पा, फुटी शेर्पाले कार्यक्रममा प्रस्तुति दिनेछन् ।

त्यस्तै चर्चित हास्य कलाकार सुबोध गौतम, पासाङ टि शेर्पा, ङिमा गेलु शेर्पा (पापा छेउ) तथा डान्सिङ स्टार नेपाल २०२२ की विजेता छिरिङ शेर्पा डिजे सेसनमा डिजे ङवाङ लगायतको प्रस्तुति रहने आयोजक शेर्पाको भनाई छ । शेर्पाका अनुसार सोही दिन शेर्पा मास्टर डिग्री सम्मान, शेर्पा विद्यार्थीहरूको प्रतिभा प्रदर्शन र शेर्पा स्वादिष्ट शेर्पा खाना परिकार प्रदर्शन गर्ने भएको छ ।