Breaking

सुदूरपश्चिममा प्रदेशसभा बैठक ४ बजेलाई सारियो


काठमाडौँ — सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएको छ । दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेशसभा बैठक बोलाइएको हो । तर अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुटेको छैन । बहुमतका लागि निर्णायक मानिएको ७ प्रदेशसभा सदस्य रहेको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइसकेको छ ।

तर सहमतिको सम्भावना खोजीका लागि सभामुखले बैठक सारेका हुन् । मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । उनले विश्वासको मत लिन नसकेमा स्वत पदमुक्त हुन्छन् । सभामुखले बैठडक सारेकामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ । संसदीय दलका नेता कमल शाहले सभामुख सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् ।