Breaking

सशस्त्रका ४ एसएसपी डीआईजीमा बढुवा सिफारिस


काठमाडौँ – सशस्त्र प्रहरीका चार वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो । डीआईजी बढुवामा पहिलो नम्बरमा सुरेश कुमार श्रेष्ठलाई सिफारिस गरिएको छ । दोस्रो नम्बरमा अन्जनी कुमार पोख्रेल, तेस्रोमा दीपेन्द्र शाह र चौथो नम्बरमा पूरुषोत्तम थापा सिफारिस भएका छन् ।

पोख्रेल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा र थापा सशस्त्र प्रहरी प्रवक्ता हुन् । बढुवा सिफारिस उपर चित्त नबुझेमा ७ दिन भित्रमा उजुरी गर्न सकिने भनिएको छ ।