Breaking

किन अमेरिकाले चिनियाँ बेलुनको भग्नावशेष फिर्ता गर्न अस्वीकार गर्यो ?


काठमाडौँ — अमेरिकाले चीनको जासूस बेलुन वा शंकास्पद जासुसी बेलुनको भग्नावशेष चीनलाई फिर्ता गर्न अस्वीकार गरेको छ । ल्याटिन अमेरिकाको आकाशमा गत शुक्रबार देखिएको जासुसी बेलुन खसालेपछि उक्त भग्नावशेष चीनलाई फिर्ता गर्न अमेरिकाले अस्वीकार गरेको हो । अमेरिकाले चीनको शंकास्पद जासुसी बेलुनको भग्नावशेष चीनलाई फिर्ता गर्न अस्वीकार गरेको छ । शुक्रबार ल्याटिन अमेरिकामा देखिएको बेलुन आफ्नो भएको स्वीकार्दै चीनले त्यसलाई विशुद्ध मानवीय प्रयोजनका लागि छाडिएको जनाएको थियो । चीनले बेलुनको भग्नावशेष उनीहरूलाई फिर्ता गरिदिनुपर्ने बताउँदै आएको थियो । उक्त बेलुनको भग्नावशेष फिर्ता गर्र्न अमेरिकाले अस्वीकार गर्दै आएको छ ।

अमेरिकी सेनाले बेलुनको भग्नावशेष संकलन गरेको छ । यो बेलुन गत हप्ता अमेरिकाको मोन्टानाबाट साउथ क्यारोलिनासम्म उडिरहेको थियो । शनिबार दिउँसो अमेरिकी उत्तरी कमाण्डको लडाकु विमानले चीनले पठाएको उच्च उचाइमा रहेको निगरानी जासुस बेलुनलाई सफलतापूर्वक खसालेको थियो । अमेरिकाले चीनमाथि यी बेलुनमार्फत जासुसी गरेको आरोप समेत लगाएको छ । यो बेलुन प्रकरणपछि अमेरिका र चीनबीच एक नयाँ कूटनीतिक विवाद सतहमा आएको छ ।

यस विषयमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीनले अनावश्यक निगरानी बढाएर सार्वभौम सत्ताको उल्लंघन गरेको आरोप लगाएको छ । आफ्नो हवाई क्षेत्रमा जासुस बेलुन पठाएर अनावश्यक निगरानी बढाएको भन्दै पूर्वनिर्धारित चीनको भ्रमण समेत स्थगित गरेको छ । हालैका वर्षहरुमा चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । व्यापारिक मुद्दा, ताइवानको स्थिति, दक्षिण सागरमा चीनको दावी र इन्डोप्यासिफिकमा चीनको प्रभाव बढेको भन्दै अमेरिकाले निरन्तर दवाव दिंदै आएको छ । त्यस्तै युक्रेनमा जारी युद्धामा पनि युक्रेनलाई सैन्य सहयोग नगर्न चीनले अमेरिकालाई चेतावनी दिंदै आएको छ ।