Breaking

सरकारले टर्कीमा राहत र मेडिकल टिम पठाउने


काठमाडौँ — भूकम्प प्रभावित देश टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताए । सोमबार टर्कीको गाजियान्टेप प्रान्तमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसपछि सयौं पराकम्पन गइसकेको छ।