Breaking

करिष्मा मानन्धरले मानहानी गरेको भन्दै दिइन् साइबर ब्युरोमा उजुरी


काठमाडौँ — कलाकार करिष्मा मानन्धरले आफ्नो मानहानी गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले मंगलबार नेपाल साइबर ब्युरोमा उजुरी दिएकी हुन् । न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए । उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी हुन् । उहाँ को हो रु यो अत्ति भयो । भइहाल्यो भने, कलाकारलाई यस्तै भन्छन् भनेर सहेँ, सहेँ,’ उनले लेखेकी छन्, ‘हिजो साइबर ब्युरोमा निवेदन हालेको छु ।

हेरू नेपाल को कानुन कत्तिको बलियो छ । उनले आफू हिन्दु भएकाले लिभिङ टुगेदरमा बस्ने विचारमा विश्वास नगर्ने पनि बताएकी छन् । साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले पनि उनको उजुरी परेको पुष्टि गरेका छन् । मानन्धरले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत उजुरी दिएको एसपी रायले बताए । उक्त दफामा विद्युतीय स्वरूपमा गैरकानुनी कूरा प्रकाशन गर्ने विषय उल्लेख छ ।