Breaking

राष्ट्रियसभा रिक्त सदस्य पदका लागि आज मतदान


काठमाडौँ — राष्ट्रियसभामा रिक्त एक सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त पदका लागि दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुन लागेको हो । निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान निर्धारण गरेको छ ।

उपनिर्वाचनमा तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सत्तारूढ दल नेकपा एमालेबाट कुमार दसौदी, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय र नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्य उम्मेदवार छन् । एमालेका उम्मेदवर दसौदीलाई नागरिक उन्मुक्तिबाहेक सत्तारुढ दलको समर्थन छ ।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त भएको हो ।