Breaking

शक्तिशाली प्रचण्डका देउवा–ओली दुबै भक्त, मन्त्रालय खाली, कांग्रेसको सत्ता यात्रा कति सम्भव ?


काठमाडौँ — इतिहास रच्नै प्रधानमन्त्रीमानियुक्तभएका प्रचण्डलाई संसद्मा ९९ प्रतिशतले साथ र समर्थन देखाएका छन् । तर, बिडम्बना यति धेरै शक्तिकाबाबजुदपनि प्रचण्ड सरकारले अझै पूर्ण मन्त्री मण्डल विस्तार गर्न भने सकेको छैन । प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्ड इतिहासकै यस्ता प्रधानमन्त्रीबन्न सफलभएजुननिकै दुर्लभ छ । उनलाई सदनमाउपस्थित २७० जनामध्ये २६८ जनाले प्रधानमन्त्रीमा स्वीकार गरे जुन ९९ प्रतिशतभन्दा बढी हो । यसर्थ पनि प्रचण्ड सरकारलाई अहिले आफैमाकुनै समस्या छैन । सदनको ठूला पार्टी नेपालीकांग्रेस, नेकपाएमाले रास्वपा जस्ता सबै पार्टीले उनलाई सहर्ष स्वीकारेकै छन् । सबै ठूला दलले प्रचण्डलाई प्रधानमन्त्रीको अस्तित्वमा स्वीकार्दा स्वीकार्दै पनिउनको मन्त्री मण्डल भने अझै अपुरो नै छ ।


पुस ११ गते प्रधानमन्त्रीको रुपमाशपथ ग्रहण गरेका प्रचण्डले राजनीतिक रुपमा सबै दलहरुसँग एक पछि अर्काे सुमधुर सम्बन्धबनाउँदै लगेका छन् । आजको दिनसम्मचित्रबहादुर केसी र प्रेम सुवालबाहेक अहिलेको संसद् प्रतिपक्षीविहीनको भूमिकामाकायम नै छ । सामान्यत नेपालको संसदीयअभ्यासलाई हेर्ने हो भने सदनको पहिलो वा दोस्रो ठूलो दलप्रतिपक्षमा बसेको इतिहास छ । तर, प्रचण्ड यस्ता सौभाग्यशालीप्रधानमन्त्री बने उनले इतिहासलाई नै फेरबदलगरिदिए । प्रधानमन्त्रीबन्ने केही घण्टा अघिसम्म पनि प्रचण्डको खेदो खनिरहेका एमाले अध्यक्षओलीअहिले प्रचण्डको तारिफ गरेर थाक्दैनन् ।

सत्तासमीकरणमा नै रहेका नेताले प्रधानमन्त्रीको तारिफ गर्ने कुरा ठूलो नभएपनि सत्ताबाहिर रहेकै पार्टीले पनि प्रचण्डको पक्षमावकालतगर्दै आइरहेको छ । पार्टीभित्र र बाहिर आलोचना सहेरै भएपनिकांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डसँको सम्बन्धबलियो बनाइरहेका छन् । राष्ट्रिय सभाको उपसभामुखमामाओवादीलाई सर्वसहमतबनउने देखि हरेक राजनीतिक निर्णयमाकांग्रेस प्रचण्डको पक्षमाउभिदै आएको छ ।देउवाले प्रचण्ड च्याप्दै गर्दा एमाले र प्रचण्डबीच दुरी ल्याउनखोजेको आरोप ओलका छ । राष्टपति हत्याउने दाउमा रहेकाकांग्रेस चुनावअघि प्रचण्ड र आफ्नो सम्बन्धपुनव्याताउनचाहेको स्पष्ट छ । यद्यपि, कायौं कठीनाईको बाबजुदपनिकांग्रेस प्रचण्डसँग सुमधुर सम्बन्धकायमगर्न तल्लिन छन् ।

सञ्चारकर्ममाहुँदा देशका ठूला नेताहरुलाई सत्तोशरापगर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि प्रचण्डप्रति सकारात्मक देखिन्छन् । नागरिकता विवादपछि अदालतको आदेशलमन्त्री, सांसद् सबै पद गुमाएकाउनी नेपालीपत्राकारितामाथिविषवमन गरेका उनीले पनि प्रचण्डको तारिफमाकुनै कञ्जुस्याईं गरेका छैनन् ।
सदनमा प्रचण्डलाई सबैले समर्थन गरेतापनि सरकारले पूर्णताभने अझै पाउन सकेको छैन । युवातथा खेलकुद र वनतथावातावरण मन्त्रालयमाप्रधानमन्त्री प्रचण्डकै काँधमा छ ।

खालीमन्त्रालयको पदपूर्ति हुननपाउँदै भएकै मन्त्रालयबाट पनि ४ मन्त्रीबाहिरिसकेका छन् ।कुल ६ मन्त्रालयआफै संहाल्दै आएका प्रचण्डलेतत्कालनयाँमन्त्रीनियुक्तगर्नेे वातावरण बनेको छैन । सबैभन्दा जटिल बनेको गृहमन्त्रालयको भागबण्डा मिलाउनपनि कठिे देखिन्छ । सरकारको काम गराई र सेवाप्रवाहमाध्यानदिने अवस्था नै छैन । मन्त्री मण्डल विस्तार, सभामुख, उपसभामुख र अब राष्ट्रपतिको निर्वाचनमा नै प्रधानमन्त्रीलगायतका सबै दलका नेताहरु व्यस्त छन् । यस्तो अवस्थामामन्त्री मण्डल विस्तार अनिश्चित बनेको छ । प्रचण्ड आफै बलियाभएतापनिउनको मन्त्रिपरिषद् भने फितलो बन्दै गएको छ ।