Breaking

के न्यायालय खत्तम नै भइसकेको हो ? सरकारमा भएकाले नै किन गर्छन् आलोचना ?


काठमाडौँ — राज्यका सवै अंगमाथिप्रश्न उठ्दै गर्दा न्यायलयपनियसको तारो बनेको छ । भुईमान्छे देखि जिम्मेवार व्यक्तिले र सडक देखि सदनसम्मै अदातलको खण्डन गर्ने क्रमबढ्दो छ । तर सुधार भन्दाआलोचनामामात्रै रमाउने योप्रवृत्तीले पार्न सक्ने असर तर्फ भने कसैको ध्यानजान सकेको छैन । आफूले बनाएको गठबन्धनको मुख्यहिस्सेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको नागरिकताप्रकरणबारे अदालतको फैसालाएमाले अध्यक्ष केपीशर्मा ओलीलाई चित्तबुझ्दो बन्न सकेन ।

शक्ती सन्तुलनमामुख्यभूमिका खेलेका रविमाथिको यो वज्रपातलाई फैसलालगत्तैएमाले महासचिवशंकर पोखेरले गठबन्धन टुक्राउने षडयन्त्रको उपमादिँदाओलीले त संसदमै कुरा उठाए । प्रतिनिधिसभाको विशेष समयमाबोल्दैसामान्यप्रक्रियागत त्रुटिमा फौजदारी अपराधजस्तो व्यवहार झल्किने गरी फैसलाआएको भन्दै असन्तुष्टि जनाएकाउनले असम्बन्धितव्यक्तिको उजुरीलाई सर्वाेच्चले प्राथमिकतादिएर फैसला गरेकोसमेत प्रश्न गरेका थिए । ओलीले फैसलाको असर विदेशमा बस्ने नेपालीमापनि पर्ने र यसले सिंगो अर्थतन्त्रतथा समृद्ध नेपाल सुखी नेपालीको आकांक्षामै धक्कापुग्ने तर्क गरे ।

अदालत देखाएको यो न्याययिक चुस्ततालाई लिएर स्वयम रविले पनिप्रश्न उठाए । वैकल्पिकदावीगर्दै आएको शक्तीहाकिरहेका उनलाई आफूले सजायपाएको भन्दाअरुले किनपाएनन् भन्ने चिन्ताले पिरोलेको थियो । मूलधारका मिडियाहरु आफु विरुद्ध नियोजित रुपमालागेको र अदालतलाई प्रभावितपार्ने काम गरेको आरोप लगाएकाउनले फैसलालाई सहजलिन सकेनन् । उनको भाषामै भन्दाउपप्रधानमन्त्री सहितगृहमन्त्रीजाँदाहल्का भडाँस पोख्नमै लागि परे ।

न्यायमाथिप्रश्न उठेको यो नै पहिलो घटना भने हैन । आफूविरुद्धको फैसला स्वभाविकलिननसक्ने मानविय स्वभाव नै भएपनिन्यायलयपनिनिष्पक्षहुन सकेको छैन । फलतआमनागरिकमा समेत न्यायलयले स्वच्छ भएर कामगर्न नसकेको छाप पर्न थालिसकेको छ । यहि परिस्थितीमाओली जस्ता देशको वागडोर सम्हाली सकेकैहरु समेतअदालत सुधार्न भन्दाआलोचनामै रमाउने र राजनीतिक रोटि सेक्नमा रमाईरहेका छन् ।

न्यायलयको शुद्धतामाथि प्रश्न उठाउने तर महाअभियोग खेपेका प्रधानन्यायधीसलाई काखिच्याप्ने ओली जस्तै प्रवृत्ती न्यायलयमाअनियमितता र राजनीतिप्रभाव परेको आरोप लगाईरहेको छ । जसले सुधार भन्दा सिङ्गो संरचना र न्याय प्रणालिमाथि नै जनआक्रोश बढ्ने तथाभएको शाख समेत गुमाउने अवस्थासिर्जना भएको छ । जसले अपराधीलाई समेत अरुले सजायनपाँउदा मैले किनपाउने भन्नेसम्मको हिम्मत बढेको कानुनकाजानकारहरु बताउछन् ।यहिप्रवृत्तीकै कारण न्यायलय सुध्रिने भन्दाभएको साखपनि सकिने तथा अराजकतामौलाउने अवस्थासिर्जना भएको उनीहरु तर्क गर्छन् ।

नेपाली समाज र राजनीतिकोयहिप्रवृत्तीकै कारण सुधार र स्वस्थआलोचनाभन्दाभएको समेत विगार्नमै सन्तुष्टी मान्ने जमात बढ्दो छ । जसले संरचना र संस्थामा देखिएका समस्यानिकारण गर्ने भन्दाअझभयावहबनाउने खतरा बढाँउदै लगेको छ । फलतः समाज अराजकतातिर अघि बढद्ै जादाँ नेतृत्वमै रहेकोहरु पनिलाजै पचाएर यसैमाआलोचन गरेर रमाईरहेका छन ।