Breaking

रवि लामिछानेको राहदानीबारे सरकारी वकिल कार्यालयमा निवेदन


काठमाडौँ — पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको राहदानीसम्बन्धी कसूरको जाहेरी प्रहरीले नलिएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन परेको छ । मंगलबार युवराज पौडेलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पूर्व—उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेविरूद्धको जाहेरी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले दर्ता नगरेको भन्दै निवेदन दिएका हुन् ।

उनले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमोजिम कार्यालयमा निवेदन दिएका हुन् । सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले पनि निवेदन आएको पुष्टि गरे । लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित गरेको जानीजानी झूटो विवरण दिएर राहदानी लिने कसूर गरेको भन्दै पौडेलले परिसरमा जाहेरी दिएका थिए ।