Breaking

पूर्वसांसद घलेको निधन


काठमाडौँ — नेपाली कांग्रेसका पूर्व सांसद कर्मा घलेको मृत्यु भएको छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा घलेको मृत्यु भएको हो । ५९ वर्षीय घलेको मंगलबार (आज) मध्यान्ह मृत्यु भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए । घले उपचारका लागि भारत पनि पुगेका थिए । मनाङका घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए ।