Breaking

मैतीदेवी चोकको प्रहरी बिट काठमाडौं महानगरले भत्कायो


काठमाडौँ — मैतीदेवी चोकस्थित सडकमै रहेको प्रहरी बिट काठमाडौं महानगर प्रहरीले मंगलबार भत्काएको छ । मध्यान्ह पुगेको महानगरपालिकाको टोलीले पहिले सामान सार्न लगाएर डोजर प्रयोग गरी भत्काएको हो ।

मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन गरिएको थियो । सो क्षेत्रमा सवारी साधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता थियो ।