Breaking

अब के गर्छन् रवि ? सरकारमा फिर्ता होलान् कि चुनाव कुर्लान् ? यस्ता छन् चुनौती


काठमाडौँ — आफ्नो माग पुरा नभएपछि रविको आक्रोशपूर्ण अभिव्यक्ति सहित सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी अव कसरी अघि बढ्छ भन्ने चासो बढेको छ । अवसर पाए पुनरागमनको आशा सहित समर्थन कायम राखेको रास्वपा कहिलेसम्म यहि अवस्था रहन्छ भन्ने समेत टुङ्गोमा पुगेको छैन । यो परिस्थितीमा के रास्वपा उपनिर्वाचन मार्फत रवि संसदमा नफर्किएसम्म पर्ख र हेरकै अवस्थामा बस्ने हो त ? तत्कालका लागि सत्तायात्रामा विरामी लाउदै सिधा कुरा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने अव प्रधानमन्त्री बन्ने हैषियतमा आउने तयारीमा छन् । गृहमन्त्री नपाँउदा सहयात्रीलाई फिर्ता ल्याएका उनले अवको समय संगठन विस्तारमा लगाउने संकेत गरेका हुन् ।

पत्रकारहरूले पहिले गालीकै कारण राजनीतिमा जाँदा उपप्रधान तथा गृहमन्त्री भएको भन्दै लामिछानेले फेरि गाली गरिरहेकै कारण अर्कोपटक प्रधानमन्त्री हुनेगरी जितेर आउने बताए । यद्यपी गृह मन्त्रालय पाए अझै पनि सरकारमा जान आफूलाई कुनै समस्या नभएको बताएका उनले सरकारबाट वाहिरिनुको आधार भने प्रष्ट पार्न सकेका छैनन् । सरसती हेर्दा गृहमन्त्रालय आफ्नो पार्टीलाई नदिनु नैतिकता आधारमा सत्तागठबन्धनका दलहरुले खेलेको खेलका रुपमा वुझेका उनले त्यो वाध्यता भने सन्चारमाध्यमले खडा गरेको महसुस गरेका छन ।

फलत ः प्रकाशक र सम्पादकहरु प्रति आगो ओकलेका उनले गृहको साटो अर्को मन्त्रालय लिएर जाने वा आफूले महत्वपुर्ण ठान्दै मागेको शिक्षा,श्रम र स्वास्थ्य मन्त्रालयमा रहेका आफ्ना नेताहरुले काम गर्ने अवसर समेत बन्द गरेका छन । जसको उत्तर दिन तथा आगामी यात्रा वारे प्रष्ट पार्न तीन निवर्तमान मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने बताएका थिए । तर रविको चर्को भडाँसले उत्पन्न परिस्थिती लाई मध्यनजर राख्दै उक्त पत्रकार सम्मेलन स्थगन गरिएको छ । जसले अव रास्वपाका अवको राजनीतिक कदम के हुन्छ भन्ने विषयलाई अझ अन्योलग्रस्त बनाईदिएको छ ।

पछिल्लो परिस्थिती हेर्दा समर्थन फिर्ता नलिएर राष्ट्रपतिमा एमालेलाई सहयोग गर्ने रणनितिमा रहेको रास्वपा प्रचण्डलाई काउन्टर दिने रणनितिमा देखिन्छ । त्यसो भए आफूले नपाएपनि आफ्नै पार्टीले गृहमन्त्रालय पाउने वातावरण निर्माणमा ओलीले भूमिका खेल्ने उनीहरुको विश्वास हुन सक्छ । जहाँ आफै गृहमन्त्री बन्छु भनेर कहिल्यै नभनेको रविको दावीले पनि सकारात्मक भूमिका खेल्न सक्ने आकंलन रहेको दल फेरि सत्ता यात्रामै पुनरागमनको सम्भावना वढि छ । तर प्रचण्ड कति लचक बन्छन् भन्ने विषयले यसलाई निर्धारण गर्ने छ भने रविले उपनिर्वाचन नजिती कुनै पदमा नजाने बताईसकेका छन । यसले उनले अरुलाई नै गृहमन्त्री बनाएर पार्टीलाई सत्तामा पठाएर आफू चाँहि संगठन विस्तारमा लाग्न तयार होलान भन्ने प्रश्न समेत उब्जिएको छ ।

यद्यपी आफू वौलाहए वा जेल गए पनि रास्वपा अघि बढने उनको अभिव्यक्तिले त्याग गर्न रवि तयार होलान भन्न सक्ने झिनो आधार भने तयार भएको छ । तर यहि बाटोमा रास्वपा अघि बढे छोटो समयमै फेरी सरकारमै फर्किने भए किन हतारमा निर्णय लिएको भन्ने प्रश्नको समेत रविले सामना गनुपर्ने हुन्छ । जसले उनमा राजनीतिक व्यक्तिगत विकसित भइनसकेको तथा उत्तेजनाको राजनीति गर्ने गरेको आरोपलाई अझ मलजल गर्ने छ ।

यता प्रधानमन्त्री प्रचण्ड भने रवि र राजेन्द्रलाई प्रयोग गरेर ओलीले आफूलाई कसेको बुझाईमा छन । यहि कारण वल्ल आफ्नो भागमा आईपुगेको गृहमन्त्रालय अरुलाई जिम्मा लाउने पक्षमा छैनन् । त्यसमा पनि कांग्रेसको विश्वासको मतले मोटाएका उनलाई रास्वपाको सरकारबाट बाहिरिनेनिर्णयले पनि खासै असर गर्ने अवस्था छैन । यता गृह नै नपाई निरिह बन्दै सत्तामा जाने अवस्थामा रास्वपा छैन । जसले रास्वपासमर्थन पनि फिर्ता लिने र तत्काल सरकार वाहिर नै रहन अवस्था सिर्जना हुने सम्भावना प्रवल छ। जसले प्रतिपक्षि बन्ने म्यानेण्ट प्राप्त भएपनिरास्वापा सत्ता दौडमा लागेर गलत बाटो हिडेको विश्लेषण चरितार्थ हुँदै गएको छ ।