Breaking

प्रचण्ड देउवाको चालले तनावमा ओली, रवि बाहिरिएपछि के सोच्दैछन् लिङदेन ?


काठमाडौँ — सत्ता–गठबन्धनभित्रको मतभेदले राष्ट्रिय राजनीति प्रभावित भइरहेको छ । अविछिन्न राजनीतिक दाउपेचले गठबन्धनको भविष्य र आवश्यकतामाथि नै प्रश्न यठ्न थालेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सरकारको नेतृत्व सम्हाल्नासाथ भनेका थिए, केहि नयाँ गरी छाड्ने संकल्प भएकाहरुको केन्द्रिकरणले सरकारलाई काम गर्न सहज हुनेछ । प्रचण्डको यो संकेत सरकारमा सहभागी नयाँ दलहरुप्रति लक्षित थियो । यसमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी नहुने कुरै भएन । तर प्रचण्डको यो संकेत सहकार्य विहिन बन्यो ।

नागरिकता विवाद र गृहमन्त्री पदमा सभापति रवि लामिछानेको पुर्नराागमन असम्भव भएपछि रास्वपा सरकारबाट बाहिरिएको छ । प्रमुख दुई सत्ता घटक एमाले र माओवादीको शीर्ष नेतृत्वबीच मतभेदले राष्ट्रपति पदको गाँठोमा अल्झिएको गठबन्धनलाई अर्को चुनौति थपि दिएको छ । रास्वपा कुनै पनि हालतमा सरकारमा जाने पक्षमा छैन ।

रास्वपाको बर्हिगमनले गृहमन्त्रालयलाई लिएर ओली प्रचण्डमा बढेको अविश्वास र आशंकामा अर्को इँटा थपेको छ । राष्ट्रपति निर्वाचन वारे प्रचण्डलाई कांग्रेसको मौन समर्थन, सरकारलाई समर्थन दिने र सरकारमा नवस्ने रास्वपाको कदम,ओली प्रचण्डबीचको बढ्दो दुरी गठबन्धनभित्रको उतारचढाप भनिसाध्य छैन । गठबन्धनमा देखिएको रमितामा सत्तागठबन्धनका संयोजक एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको समेत ध्यान शुन्य छ ।

सरकारमा सहभागी राप्रपा सदनमा बोल्न पाउनुपर्छ भन्दै चर्काचर्कीमा उत्रिँदैमा व्यस्त छ । ओली उच्चस्तरीय वैठकमा भन्दा रोष्टममै आफ्नो ढडास पोख्नमा मख्ख छन । प्रधानमन्त्री प्रचण्ड गठबन्धन मिलाएरै लग्ने दावी गर्दै हिडेका छन तर उनैका नेताहरु कांग्रेसको साहारामा मख्ख छन । कांग्रेसको आडमा एमालेविरुद्ध आक्रामक बनिरहेका छन ।

गठबन्धनभित्रको बढ्दो टकरावकाबीच राष्ट्रपति मात्र होइन आफ्नो सरकारलाई पनि राष्ट्रिय सहमतिको सरकार बनाउने रणनीतिमा रहेका बेला सोमवार प्रधानमन्त्री कार्यलयमा प्रमुख तीन दलका शीर्ष नेताले भेट गरेका छन । प्रधानमन्त्री प्रचण्डले सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा लगायतका विषयगत व्रिफिङमा एमाले अध्यक्ष के.पी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवा सहभागी भएका हुन् ।

यो भेटघाटले आफ्नो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन लागि परेका प्रचण्डको अभियानमा सहयोग नै पुगेको छ । तर गठबन्धनभित्रको बढ्दो टकराव राष्ट्रपतिमा देखिएको वेमेलको अवस्थाले गठबन्धनकै भविष्यमाथी शंका चुलिएको छ ।