विदेश

शक्तिशाली भूकम्पपछि टर्कीमा संकटकाल घोषणा, राजधानी अंकारासहित १० सहर प्रभावित, हजारौको मृत्यु


काठमाडौँ — दक्षिण–पूर्वी टर्कीको गाजियान्टेपमा बिहान ४ बजेर १७ मिनेटमा७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जादाँ १० सहरमा ठूलो प्रभाव परेको छ । भूकम्पबाट १६००जनाको मृत्यु भएको हालसम्मको विवरण सार्वजानिक भएको छ भने टर्की सरकारले देशमा संकटकालको घोषणा नै गरेको छ । टर्कीमा बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीकाकहरामनमारास, गाजियन्टेप, सानलिउर्फा, दियारबाकिर, अडाना, अदियामान, मालत्या, ओस्मानी, हाते र किलिसमा महसुस भएको विवरणहरु सार्वजानिक भएको छ ।भूकम्पपछि ४२ वटा पराकम्पन गएको छ ।भूकम्पले ४५ सेकेन्ड हल्लाएको थियो ।

भूकम्पमा परी हजारौको ज्यान गएको छ भने कयौं घाइते, भएका छन्् । न्यून तापक्रम र आँधीबेहरी लगायतका प्रतिकूल मौसमी अवस्थाले भयावह अवस्थालाई थप जटिल बनाएको छ ।उद्धारकर्ताहरूले भग्नावशेषबाट हरेक १० मिनेटमा एक शव बाहिर निकालिरहेका छन् । यो ठूलो भूकम्पपछिका परकम्पहरू केही दिन, केही हप्ता, सायद धेरै महिनासम्म पनि जारी रहने पर्थ अष्ट्रेलियाको कर्टिन विश्वविद्यालयको स्कूल अफ अर्थ एण्ड प्लानेटरी साइन्सेसका प्राध्यापक क्रिस एल्डर्सले बताएका छन् । भूकम्प पृथ्वीको सतह भन्दा लगभग १७किलोमिटरको गहिराइमा गएको थियो ।

भूकम्पको कारण अस्पतालहरूमा क्षति पुगेको छ जसको कारण स्वास्थ्य सेवा प्रणालीमा समेत समस्या देखिएको छ । टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो । त्यस्तै शैक्षिक संस्थाहरु एक साताका लागि बन्द साथै एयरपोर्टहरू पनि बन्द गरिने देशका उपराष्ट्रपति फुआत ओक्तेले बताएका छन्। यसैबीच, सिरियाका राष्ट्रपति बसर असदले भयावह अवस्था सिर्जना भएपछि बिहानै आपतकालीन बैठकपनि बसेको थियो भने राष्ट्रले रक्तदान गर्नपनि आह्वान गरेको छ । संयुक्त राज्य अमेरिकाले उक्त विपद्का विवरणबाट आफू गम्भीर रूपमा चिन्तित रहेको उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कसरी मद्दत पु¥याउन सकिन्छ भनेर विश्लेषण गर्न देशको अन्तर्राष्ट्रिय सहायता निकायलाई निर्देशन समेत दिएका छन्। त्यस्तै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो देश टर्की र सिरियालाई आपतकालीन सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन् ।टर्कीले सङ्कटकाल घोषणा गरेको छ । धेरै भवनहरू भत्किएको र धेरै परिवारहरू भग्नावशेषमा पुगेको हुदाँ अन्तर्राष्ट्रिय समुदायको सहयोगको आवश्यकता परेको भन्दै सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

सिरियाको राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख राएद अहमदले करिब एक शताब्दीयताकै सबैभन्दा शक्तिशाली भूकम्प रहेको बताएका छन् । टर्कीका मानिसहरू हिउँमा पाइजामा लगाएर उभिएर उद्धारकर्ताहरूले क्षतिग्रस्त घरहरूको भग्नावशेष खनेको टेलिभिजनद्वारा प्रशारित भिडियो तथा तस्वीरहरूमा देखाइएको छ । टर्कीको टेलिभिजनमा सार्वजनिक भएका तस्बिरमा उद्धारकर्मीहरूले कहरमानमारस र छिमेकी गाजियान्टेप शहरमा भवनहरूको भग्नावशेष खनेको देखिएको छ भने आत्तिएका मानिसहरू सडकमा दौडिरहेको पनि प्रस्ट सँग देखिन्छ । कहरमनमारसका गभर्नर ओमेर फारुक कोस्कुनल क्षति गम्भीर भएका कारण मृतकको यकिन सङ्ख्या अनुमान गर्न हालै नसकिने बताएका छन् ।

१४ तले भवनहरु ध्वस्तैसँग भत्किएका छन् । सिरियाली स्वास्थ्य मन्त्रालयले अलेप्पो, लाटाकिया, हामा र टार्टस प्रान्तमा बढि क्षति पुगेको जनाएको छ । टर्की विश्वकै सबैभन्दा सक्रिय भूकम्प प्रभावित क्षेत्रमध्ये एक हो । विशेषज्ञहरूले लामो समयदेखि ठूलो भूकम्पले तहसनहस पार्न सक्ने चेतावनी दिँदै सुरक्षा सावधानी बिना ठूला भवन निर्माण गर्न अनुमति दिइएको पनि थिएन । सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १८ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । त्यस्तै भल्दिभिया चिलीमा २२ मे १९६० मा ९.५म्याग्निच्युडकोभूकम्पले १६५५ जनाको मृत्यु भएको थियो भने ३ हजार घाइते र २० लाख विस्थापित भएका थिए ।