काठमाडौँ — याडिया ब्रान्डको ई—स्कुटरको आधिकारिक वितरकले चाबहिलको चुचेपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको सोमबार काठमाडौं महानगरपालिकाका वडा अध्यक्ष भुवन तामाङले उद्घाटन गरेका हुन् । विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनको अग्रस्थानमा रहेको ब्रान्ड याडियाले नेपालमा निरन्तर विभिन्न मोडेलका प्रिमियम ई—स्कुटर बिक्री गर्दै आफ्ना बिक्री र बिक्रीपछि स्तरिय सेवालई निरन्तरता दिँदै आएको छ।
कुजु नेपाल प्रालिले पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा डिलर नेटवर्कहरु स्थापित गरिसकेको र साथै थप सुविधा उपलब्ध गराउन चुच्चेपाटी, चाबहिलमा नया शोरुम सञ्चालनमा ल्यायको जनाएको छ । अझै नयाँ र बृहत् सेवाहरू उपभोक्तामाझ पुर्याउन कम्पनी केन्द्रित भएर बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र धनगढीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको छ ।
प्रतिक्रिया