Breaking

राजीनामा बुझाएका रास्वपाका मन्त्रीहरूले पत्रकार सम्मेलन गर्ने


काठमाडौँ – आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामामा पत्रकार सम्मेलन आयोजना गरिएको जनाइएको छ । रास्वपाले आइतबार नै सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो ।

नागरिकता मुद्दामा सांसद पदसहित उपप्रधान तथा गृहमन्त्री पद गुमाएका सभापति रवि लामिछानेले नागरिकता प्राप्त गरिसकेपछि पुनः गृहमा फर्कन प्रयास गरेपनि पाएनन् । सोही कारण रास्वपा सरकारबाट बाहिरिएको हो ।

सरकारबाट बाहिरिने निर्णय लगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर तीन जना मन्त्रीहरुले राजीनामा बुझाएका थिए ।