Breaking

प्रधानमन्त्रीले बोलाए सबै दलका प्रमुख सचेतकको बैठक


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गरेका छन् ।

सोमबार बिहान ९ बजेका लागि प्रधानमन्त्री प्रचण्डले सबै दलका सचेतकहरूलाई छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने विजनेस लगायतका बारेमा दलको आधिकारिक राय लिनका प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् । संसद्मा सांसदहरूको भूमिकामात्र नभई राष्ट्रियसभा उपाध्यक्ष, राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ ।